अमेरिकाको टेक्सास स्थित अस्टिनमा बस्ने कुमार केसीको ३० बर्षको उमेरमा अचानक निधन भएको छ । बेलुका सकुशल सुतेका केसी विहान छटपटाइरहेको भेटिएपछि तत्काल अस्पताल लगिएको थियो ।
अस्पताल लगेको केहीबेरमा नै उनको निधन भएको जनाइएको छ । तर मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ भने श व शेराटन अस्पतालमा राखिएको छ ।
रुकुम स्थायी घर भई पछि काठमाडौंमा बसाई सराई गरेका केसी झण्डै एकदशक अगाडि अमेरिका आएको पारिवारिक स्रोतले जनाएको छ । उनी अमेरिकामा आफ्ना भाईसँगै बस्दै आएको जनाइएको छ ।