बलिउड अभिनेता आसिफ बसरा धर्मशालामा मृत भेटिएका छन् ।
उनले आत्मह-त्या गरेको आशंका प्रहरीले गरेको छ । यद्यपि, घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन ।
हिमाचल प्रदेशको काँगडास्थित एक धर्मशालामा उनको शव भेटिएको हो ।
बसरा पछिल्लो ५ वर्षदेखि म्याक्लोडगन्जस्थित एक घरमा भाडामा बस्दै आएका थिए । उनीसँग एक विदेशी महिला पनि बस्थिन् ।
५३ वर्षीय आसिफ बसरा मौलिक र फरक अभिनयका कारण बलिउडका रुचाइएका कलाकार हुन् ।
उनले परजानिया, ब्ल्याक फ्राइडे, वन्स अपन अ टाइम इन मुम्बई, कृष–३, एक भिलेन, जब वी मेट आदि चलचित्रमा काम गरेका छन् । उनका थुप्रै टिभी सिरियल पनि प्रशारित छन् ।