बीमा भुक्तानीका लागि कोरोना नेगेटिभ रिपोर्टलाई पोजेटिभ बनाउने भेरी अस्पतालका कर्मचारी पक्राउ परेका छन् ।
कोरोनाको नेगेटिभ पीसिआर रिपोर्टलाई पोजेटिभ बनाउँदै आएको आरोपमा भेरी अस्पतालबाट तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो २ बजेतिर अस्पतालमा छापा मारेर नेगेटिभ पीसिआर रिर्पोटलाई पोजेटिभ बनाउन संलग्न रहेको आशंकामा अस्पतालमा कार्यरत तीन जना कार्यालय सहयोगी सुरक्षा गार्ड कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुरक्षा गार्ड विवेक अधिकारी, बद्री खनाल र वासुदेव जोशी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।