प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
सल्यान जिल्लाको वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई रोजगारी दिएका छन् ।
दैनिक ४० लिटरबाट दूध संकलन गरेका व्यवसायी डिसीले अहिले दैनिक तीन हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आएका छन् । अहिले उनको जीवन डेरी उद्योगबाट पहिलोपटक जिल्लाबाहिर पनि दूध निर्यात हुन थालेको छ ।
विसं. २०६९ सालमा लघु उद्यम विकास कार्यक्रममा कृषि उद्यम विकास सहजकर्ताको जागिर छाडेर व्यवासय सञ्चालन गरेका डिसीले अहिले पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाबाट समेत दूध संकलन शुरु गरेको बताउँछन् ।
उद्योगबाट हाल दुइ जिल्लाका पाँच सयभन्दा बढी लाभ लिइरहेका छन् ।
विसं. २०६८ मा जिल्ला पशु सेवा कार्यालय सल्यानले दूध उत्पादनको सर्वेक्षण अनुसार जिल्लामा दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ ।
दूध बिक्री हुन थालेपछि भैसीपालनतर्फ किसानहरु आकर्षित भएको डिसीले बताए।
व्यवसाय सञ्चालनका लागि हालसम्म करिब एक करोड ५० लाखभन्दा बढी लगानी गरिएको डिसीको भनाइ छ ।