नेपालमा वितेको २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट २२ जना व्यक्तिले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २ हजार ७३६ नयाँ संक्रमण फेला परेको छ भने ८५३ जना कोरोनामुक्त भएका छन् ।
अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ जसमध्ये १ हजार १४८ जनाको ज्यान गइसकेको छ भने १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको जसमध्ये धेरै होम आइसोलेशनमा बसेका छन् भने संस्थागत आइसोलेशनमा बस्नेको संख्या न्यून रहेको छ ।
मन्त्रालयले अहिलेसम्म १५ लाख ६४ हजार २१४ जनाको परिक्षण गरिएको जनाएको छ ।