सेवा गर्नु बा-आमाको, कर्त्तव्य हो सन्तानको ।
यस धरतीमा रूप छैन अरु कुनै भगवानको ।
वृद्धाश्रममा बस्न बाध्य नहुन, न कहिल्यै उनलाई त्यहाँ पस्नु परोस् ।
न आओस् कहिल्यै यस्तो समय कि, उनलाई घरबाट टाढा बस्नु परोस् ।
दुःख न दिऊँ कहिल्यै उनलाई, न वञ्चित होऔं उनको छत्रछायाबाट ।
निभाएनौं भने पुत्र धर्म यदि हामीले, वञ्चित हुनेछौं उनको मायाबाट ।
बा-आमालाई कष्ट दियौं भने, तिरस्कार पाउनेछौं सन्तानको ।
यस धरतीमा रूप छैन अरु कुनै भगवानको ।
बा-आमा प्रति हाम्रो व्यवहारलाई, सन्तानहरुले देख्ने छन्,
हामी सेवा गर्दैनौं भने, उनले कहाँबाट सिक्ने छन् ?
जस्तो गर्यौं व्यवहार हामीले, त्यस्तै परिणाम पाउने छौं ।
रोप्यौं यदि रूख बैरको, अनि आँप कहाँबाट खाने छौं ?
निस्वार्थ भावले सेवा गर्नु, कर्तव्य हो सन्तानको ।
यस धरतीमा रूप छैन अरु कुनै भगवानको ।
आमा बुबाको खुट्टामा नै सच्चा स्वर्ग छ हाम्रो,
इनको सेवा र पूजा गर्दा मात्र उद्धार छ हाम्रो ।
प्रथम गुरु जसको शिक्षाले, बदलियो जीवन हाम्रो,
इनकै आशीर्वादले बन्छ भविष्य उज्वल र राम्रो ।
सेवा गर्नु बा-आमाको, धर्म हो सन्तानको,
यस धरतीमा रूप छैन अरु कुनै भगवानको ।
असीम अनुग्रह छ हामीमाथि उनको, ऋण चुक्ता गर्न सक्दैनौं।
आफ्नो छालाको जुत्ता बनाएर पनि ऋण बाट उम्किन सक्दैनौं ।
हामीलाई सुविधा दिनका निम्ति, उनले धेरै कष्ट पाएका छन् ।
हाम्रो पालन पोषण गर्नका लागि, आफुले आधा पेट खाएका छन् ।
सेवा गर्नु बा-आमाको, यही आधार हो हाम्रो मूल्य र मानको ।
यस धरतीमा रूप छैन अरु कुनै भगवानको ।