काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका १ हजार ५१२ जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ५१२ जना नयाँ सङ्क्रमित फेला परेको जनाएको छ ।
थपिएका सङ्क्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष छन् । अहिले काठमाडौंमा १५ हजार ४५५, ललितपुरमा २ हजार १९१ र भक्तपुरमा १ हजार २१६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ । उपत्यकामा हालसम्म कुल ४०६ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ७० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।
पछिल्लो चौबीस घण्टामा उपत्यकामा नौ जना सङ्क्रमितको मृत्यु भएको हो ।