काठमाडौं । नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले उदाहरणीय कामको थालनी गरेका छन् । पुरा विश्व नै काेराेनाको चपेटामा परेकाे बेला जोशीले आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबाट बच्न तथा संक्रमितको उपचारमा सहजीकरण अभियान सुरु गरेका हुन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता जोशीले बुधबार पत्रकार सम्मेलन गर्दै अभियानअन्तर्गत मास्क, अक्सिमिटर, स्यानिटाईजर र औषधि वितरणसमेत गरिने जानकारी दिए ।
यसका साथै कोरोना संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गरिने समेत जानकारी नेता जोशीले दिए । अभियान सफल बनाउन कार्तिक २४ गतेदेखि नै डाक्टरहरुद्वारा फोन मार्फत कोभिड सम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउनेछ । यो सेवा बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा २४ सै घण्टा उपलब्ध जानकारी नेता जोशीले दिए ।
कोरोना सम्बन्धी जानकारी लिनुपरे बिहान ९८४७३९४४३१ मा, दिउँसो ९८४७३९४८४५ मा र साँझ ९८४७३९४८४६ सम्पर्क गर्न सकिने जानकारी पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ।
कोरोना सम्बन्धी कुनै पनि जानकारी आवश्यक परे वरिष्ठ चिकित्सक डा. रवीन्द्र पाण्डे लाई ९८४७३९४५२० मा र डा। भूपेन्द्र बस्नेतलाई ९८५१०५९४०० फोन गर्न सकिने उल्लेख गरिएको छ।
कार्यक्रममा नेता जोशीका साथै पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा, डा. रविन्द्र पाण्डे, डा. भूपेन्द्र बस्नेत पनि उपस्थित थिए।