साझा पार्टीले सरकारी निर्णयलाई चुनौती दिँदै खुलामञ्चमा निशुल्क खाना खुवाउने भएको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निशुल्क खाना खुवाउँदा सरकारको बेइज्जत भएको भन्दै खुलामञ्चमा निशुल्क खाना खुवाउन निर्देशन दिएपछि साझा पार्टीले सरकारकी निर्णयलाई चुनौती दिएको हो ।
‘केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ,’ साझा पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।’