काठमाडौं। नेकपाको विवाद बढ्दै जाँदा नेकपाका प्रभावशाली नेताहरुका छोराहरु एकाएक सक्रिय भएका छन् । उनीहरु पार्टी विवाद मिलाउन भन्दै आफ्ना पिता तथा पिताका सहकर्मी नेताहरुमार्फत दुई पार्टी अध्यक्षलाई दवाव बढाउन थालेका छन् । नेकपाको एकता टुट्न नदिन भन्दै अहिले पूर्व माओवादी नेताका छोराहरु अलि बढी नै सक्रिय देखिएका छन् ।
उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुन, गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य राम बहादुर थापाका छोरा प्रतिक थापा, गृहमन्त्रीका सल्लाकार इन्द्रजीत राईका छोरा निरज राई, वामदेव गौतमका छोरा हरिश गौतम, पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल महरा र झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल अहिले नेकपा बचाउ अभियानमा दौडधुपमा लागेका छन् ।
उनीहरुले यस बीचमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाट पटकपटक धोका पाएका सचिवालय सदस्य वामदेव गौतमसँग भेटिसकेका छन्। उनीहरुले प्रचण्ड निकट रहेका जनार्दन शर्मासँग पनि भेट गरेका छन् । यि दुबै भेटका अतिरिक्त नेकपाका दोस्रो तहका नेताहरुमार्फत उनीहरुले पार्टी एकताको पक्षमा रहन प्रचण्डलाई दवाव बढाउन खोजेका छन् ।
आइतबार मात्र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अलग अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरेका थिए ।