बलिउड गायिका नेहा कक्कड र रोहनप्रीत सिंह विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले २४ अक्टुबरमा बिहे गरेका हुन्।
रोहनप्रीतसँग विवाह बन्धनमा बाँधिएपछि नेहाले इन्स्टाग्राममा फोटो राख्दै खुसी व्यक्त गरेकी छन्। ‘तिमीलाई थाहा छ नेहार्ट, तिम्रो नेहु सबैभन्दा खुसी दुलही हो र यो सबै मिस्टर सिंहको कारणले हो, धन्यवाद भगवान,’ नेहाले भावुक हुँदै लेखेकी छन्। उनले रोहनप्रितसँग भेट गराएको भन्दै भगवानलाई धन्यवाद भनेकी छन्।
यो सँगसँगै नेहाले इन्टाग्राममा गरेको एउटा पोष्टले बलिउडमा हलचल मच्चिएको छ ।
https://www.instagram.com/p/CG97UiMjLHz/?utm_source=ig_embed
रोहन प्रीतको यो तस्विर शेयर गर्दै रिसाएको स्टीकर हालेपछि फ्यानहरु निराश बनेका हुन् । त्यस्को लगत्तै रोहनप्रीतले उनलाई फकाएर कमेन्ट गरेको देख्न सकिन्छ ।