२०७७ साल आश्विनकृष्णपक्ष कार्तिक १६ गते आइतवार प्रतिपदा तिथी भरणी नक्षत्र चन्द्रमा मेष राशिमा ।
मेष राशी : स्वास्थ्यमा क्रमिक सुधार भएर जानेछ भने काममा आएको वाधा हट्ने छ । तपाइले गर्न आटेको काममा गोपनीयता नहुँदा भने शत्रु वढेर जानेछन् । आर्थिक हानीलाइ रोक्नुहोला ।
वृष राशी : पति वा पत्नीसँगको सम्वन्ध सुमधुर भएर जानुका साथै कतै रमाइलो गर्न सक्ने सम्भावना छ । काममा सफलता हात पर्ने छ तथा विदेश क्षेत्रवाट राम्रो लाभ लिन सक्नुहुनेछ ।
मिथुन राशी : स्वास्थ्यमा समस्या देखिनेछ । तथा शत्रु परास्तभएर जानेछन् । धन आगमनको समय छ काममा गरेको लागानि वृद्धि भएर जाने छ भने धन वृद्धिको योग छ ।
कर्कट राशी : आर्थिक लाभको समय छ नयाँ कामको अवसर प्राप्त हुन सक्नेछ । काममा आएको बाधा हटेर जाने कारणले गर्दा नयाँ कामको अवसर प्राप्तहुन सक्नेछ ।
सिंह राशी : आमाको स्वास्थ्यमा समस्या देखापर्न सक्नेछ भने यात्रा गर्दा विचार गर्नुहोला । पुरानो कुराले मनमा डेरा जमाउने कारणले गर्दा मनमा भने अशान्ति छाउन सक्छ ।
कन्या राशी : सामान्य मेहनतमा पनि ठुलो लगानी वा अवसर प्राप्त हुन सक्छ । रोकिएको धन आउनुका साथै काममा पदोन्नतीको सम्भावना पनि छ भने काममा प्रशंसाको पात्र बन्नुहुनेछ ।
तुला राशी : स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्नेछ भने वोल्दा विचार गर्नु होला अन्यथा काम बिग्रिने सम्भावना छ । अचल सम्पति किन्ने वा बेच्न सक्ने सम्भावना देखिन्छ ।
वृश्चिक राशी : सरकारी क्षेत्रवाट लाभ वा सरकारी काममा पदोन्नतीको योग छ । मान सम्मानमा वृद्धि भएर जानेछ तथा वैदेशिक क्षेत्रवाट लाभ प्राप्त हुन सक्नेछ ।
धनु राशी : स्वास्थ्यमा समस्याको साथै नगरेको गल्तीमा फस्न सकिन्छ । अरुको विस्वास गर्नु पूर्व धेरै सोच विचार गरेर गर्नु होला अन्यथा तपाईलाई फसाउन सक्ने सम्भावना छ ।
मकर राशी : दाजुभाइ सँगको सम्वन्धमा सुमधुरता भएर जानेछ भने सहयोग प्राप्त हुन सक्नेछ । वैदेशीक काममा भने प्रगती भएर जानेछ तथा नयाँ काममा अवसर प्राप्त गर्नु सक्नुहुनेछ ।
कुम्भ राशी : नयाँ काम पाउनुका साथै काममा लगानी गर्ने अवसर प्राप्तहुन सक्नेछ । काममा पदोन्नतीको सम्भावना छ । रोकिएको काम बन्नेछ ।
मीन राशी : दाम्पत्य जीवनमा मधुरता छाउनुका साथै प्रेमी वा प्रेमीका विच आएको वाधा हटेर जानेछ । तथा आर्थिक लाभका समय छ । चौपायाको सुख पाउन सकिन्छ ।
यो राशिफल ज्योतिष जीवन पौडेलले तयार पार्नुभएको हो ।