१९ औँ र २० औँ शताब्दिमा भएका दुई युद्ध – पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्ध पश्चात् विश्वमा आर्थिक र भौगोलिक स्थिती परिवर्तनहरु भएसगैं विश्वभरीका विभिन्न देशहरुमा नयाँ खोज र अनुसन्धान हुदै गर्दा सन् १९६१ मा ARPANET (American Research Project Agency Network ) को अवधारणा लियोनार्ड क्लिनरकले “Information Flow in Large Communication Nets” नामक पेपरबाट अघि सारे जुन US Defence को प्रोजेक्ट रह्यो ।
लन्डन स्थित युनिभर्सिटी कलेज अफ लन्डन र नर्वे स्थित रोयल राडर ईस्टाब्लिस्मेन्ट ARPANET मा सन् १९७७ मा जोडिएपछि Internet भन्ने शब्दको जन्म भयो जसले आज मानव मस्तिष्कमा गहिरो छाप गाढेर बसिरहेको छ । यसरी जन्म लिएको Internet ले आज विश्वमा शित युद्धको प्रारम्भ गरेको छ जसले मानव जगतमै ठूलो प्रभाव पारिरहेको छ ।
सन् १९७४ मा पहिलो ISP (Internet Service Provider ) टेलनेटको सञ्चालनले Internet को व्यवसायिकरण भएसँगै विश्वमा नयाँ तरङ्ग ल्यायो । व्यक्ति-व्यक्ति बिच सूचना आदन प्रदान गर्न नियम भए झैँ सन् १९८२ मा दुई महत्वपूर्ण नियम (जसलाई प्रोटकल भनिन्छ ) TCP (Transmission Control Protocol ) र IP ( Internet Protocol ) को ARPANET का लागी आविस्कार भयो । अमेरिकाभरी Internet सन् १९८६ मा फैलियो जसमा National Science Foundation (NSFNET) को योगदान रह्यो । NSFNET सुपर कम्प्युटर सँग ५६००० बिट्स पर सेकेन्डको स्पिडमा जोडिएर अनलाईन भए सँगै सूचना आदान प्रदान सर्भर – क्लाईन्टको रुपमा हुन थाल्यो । सन् १९८९ मा टिम बर्नर्स्लीले वल्ड वाईड वेभ (WWW) को अवधारणा अघि सारे जसले विश्व भरी सूचना-आदान प्रदान गर्ने जग रहन गयो ।
यसरी ईन्टरनेटमा आदान प्रदान गर्ने सूचनाहरुलाई Information भनिन्छ जसको मुल रुप भनेको डाटा हो । पहिलो र दोस्रो विश्व युद्धमा हतियारको प्रयोग भएको थियो तर सन् १९९८ मा Internet मा सूचना खोज्न गुगलले आफ्नो खोज प्रणालीको विकास गरेपछि विश्वमा नयाँ युद्धको सुरुवात भयो जहाँ डाटाको प्रयोग हुन्छ ।
डाटा र हामी
हामी मानवको व्यक्तिक विवरणहरु र जैविक विवरणहरु सबै डाटा हुन् । हामीले गर्ने हरेक क्रियाहरु डाटा हुन् । हामीले सुनेका , देखेका र भनेका सबै कुराहरु पनि डाटा हुन् । हामी डाटाका भण्डार हौँ । हामी आफैँ डाटा हौँ । विश्वका हरेक वस्तु डाटा हुन् । हामी डाटाले घेरीएका छौँ र डाटालाई डाटाले घेरेको छ ।
सन् १९७६ मा रानी एलिजाबेथले ईमेलको प्रयोग गरी सूचना आदान प्रदान गरेदेखी आज सम्म र अहिलेको समय सम्म हामी ईमेलको प्रयोग गर्दैछौँ । हाम्रो दैनिक जीवनमा सूचना आदान प्रदान गर्ने माध्यम ईमेल भएको छ । कार्यलय प्रयोजन देखी व्यवसायिक प्रयोजनका लागि व्यापक प्रयोग हुने ईमेल, सन् १९९४ मा याहु , सन् २००४ मा जीमेल र फेसबुकको जन्म र त्यसमा प्रयोग हुने ईमेलले विश्वमा डिजिटल रुपबाट पनि ईमेलको माध्यमबाट विज्ञापन गर्न सकिन्छ भन्ने कुरा देखायो ।
यसरी दिन प्रतिदिन नयाँ नयाँ कम्पनीको जन्म र उक्त कम्पनीहरुले सित्तैमा दिने सेवाले ति कम्पनीहरु आज विश्वका धनि कम्पनीका सूचीमा छन् र हामी सबै ती कम्पनीका लागी अनमोल रत्न हौँ । हामीले प्रयोग गर्ने ईमेल, मन पराउने हरेक वस्तुको जानकारी, बिहान उठे देखी सुते सम्मको विवरणहरु ति कम्पनीहरु सँग छ जसको कारोबार करोडौँमा हुने गर्छ । गुगलमा खोजिने हरेक वस्तुको विज्ञापन फेसबुकमा आउनु कुनै नौलो कुरो होइन । हाम्रा सबै विवरणहरु हामी आफैले प्रदान गरेका छौँ ।
सन् २०१० मा ओरेली मिडियाका सिईओ टिम ओ रेलीले ट्विट् गर्दै भनेका थिए, “यदि तपाईं केही वस्तुका लागी रकम तिर्दै हुनुहुन्न भन्ने, तपाईं उपभोक्ता होईन; तपाईं आफैँ वस्तु हुनुहुन्छ र आफैँ बेचिदैँ हुनुहुन्छ ।” उक्त ट्विट आज आएर साँचो हुदैँ गईरहेको छ । हामीले कम्पनीहरुलाई दिने हाम्रो ईमेल देखी लिएर फोन नम्वर समेत किनबेच हुन्छ । यस कारणले गर्दा सामाजिक सञ्जालमा पहुँच ठूला कम्पनीहरुको रहिआएको छ ।
केही वर्ष अघि सुरक्षाका सबै केन्द्र तोडेर एक ठूलो कम्पनीमा भएका उपभोक्ताका डाटाहरु केही समुहका व्यक्तिहरुले (जसलाई ह्याकर भनिन्छ) अनाधिकृत रुपमा पहुँच बढाएर ईन्टरनेटमा बेच्नका लागी राखिएको घटना सार्वजनिक भएको थियो । त्यस्ता डाटाहरुका माध्यमाबाट ब्ल्याकमेलिङका घटनाहरु पनि नभएका होईनन् ।
डाटा वार
क्रमशः गुगलको प्लेस्टोर र एप्पलको एप स्टोर बजारमा आएपछि दिनहु १०० वटा एप्पलिकेसनहरु विभिन्न कम्पनीले हाल्न थालेपछी उपभोक्ताको ईमेल र नम्वरको कम्पनीहरु बिच किन्बेच ह्वात्त बढेको छ ।
सन् २०१३ मा अमेरिकी जासुस एडवार्ड स्नोडेनले विश्वमा उपभोक्तालाई कम्पनीहरुले जासुस गर्ने कुरा बाहिर सार्वजनिक गरेका थिए । उनले अमेरिकी नागरिकहरु पनि यसको शिकार भएका छन् भनेर उद्रित गरेका थिए । सन् २०१६ मा गुगलको भ्वाईस एसिस्टेन्ट बजारमा आएपछि वास्तवमा डाटा युद्ध सुरु भएको हो । एप्पले सिरी ल्याएपछि झन् डाटा युद्धको रुपले एउटा नयाँ दिशा पायो र एक पछि अर्को कम्पनीहरुले विभिन्न सेवाहरु बिना रकम प्रदान गर्न थालेका छन् ।
अमेरीकी कम्पनी एमाजोनले उपभोक्ताका डाटाहरु अमेरीका स्थित आफ्नो भण्डारण केन्द्रमा लगेर राख्ने गरेको छ । सन् २०१८ मा भारतीय रिजर्ब बैंकले जारी गरेको डाटा सम्बन्धी निर्देशिका जसमा भारतीय नागरिकका डाटाहरु भारतमा भण्डारण गर्न निर्देशन गरेको तर त्यस निर्देशिकालाई नरम बनाएर अमेरिकामा नै डाटाको भण्डारण गर्न दिन अमेरिकी सांसदले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका थिए ।
चिनियाँ नागरिकका डाटाहरु सुरक्षित राख्नलाई चिनले फेसबुक र गुगल माथि प्रतिबन्ध लाएको छ । चिनिया एप्लिकेसनहरु भारतमा र अमेरिकामा प्रतिबन्ध छन् । एक देशले अर्का देशका एपहरुमा प्रतिबन्ध लाउने र कम्पनीले डाटाहरु संकलन गर्ने निहुमा विभिन्न प्रलोभन देखाएर एपहरुको निर्माण गरेर प्ले स्टोर र एप स्टोरमा हाल्ने गतिविधी बढेर जाँदैछ ।
फेसबुकको एक ह्यास्ट्याग च्यालेनजको तस्बिरहरु जसरी आज केहि पो-र्न साईटहरुमा देखा पर्दै छन् त्यसरी नै हामीले आफ्ना महत्वपूर्ण जानकारीहरु सामाजिक सञ्जालमा हालेर हामीले विश्वलाई युद्धतिर धकेल्दै छौँ र अस्त्रका रुपमा हाम्रै डाटाहरुको प्रयोग गरिदैँ छ । यसरी हरेक दृष्टिबाट हेर्दा विश्वमा एक अनौठो शित युद्धको सुरुवात भएको छ र यो सुरुवाती क्षणहरु हुन् ।