बलिउड गायिका नेहा कक्कड र रोहनप्रीत सिंह विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले २४ अक्टुबरमा बिहे गरेका हुन्।
रोहनप्रीतसँग विवाह बन्धनमा बाँधिएपछि नेहाले इन्स्टाग्राममा फोटो राख्दै खुसी व्यक्त गरेकी छन्। ‘तिमीलाई थाहा छ नेहार्ट, तिम्रो नेहु सबैभन्दा खुसी दुलही हो र यो सबै मिस्टर सिंहको कारणले हो, धन्यवाद भगवान,’ नेहाले भावुक हुँदै लेखेकी छन्। उनले रोहनप्रितसँग भेट गराएको भन्दै भगवानलाई धन्यवाद भनेकी छन्।
हेरौं केही तस्विरहरु