अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् ।
उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको विषयलार्ई लिएर तस्बिर सेयर गरेकी थिइन् ।
काजलले विवाहको बारेमा लेखेकी छिन्, ‘मलाई यो कुरा सेयर गर्न पाउँदा निकै खुसी लागेको छ । म र गौतम किचलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह गर्दैछौँ ।’
गौतम इन्टेरियर डिजाइनर हुन् । उनको अनलाइन स्टोर छ ।