चर्चित बलिउड अभिनेत्री उर्वशी रौतेला गायिका नेहा कक्कड र रोहनप्रीत सिंहको विवाहमा सहभागी भएकी थिइन । उर्वशीको विवाहका धेरै फोटो र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उर्वशीले उक्त समाहोरोमा रेणु टन्डनद्धारा डिजाईन गरीएको लक्सर कटर छाला लेहेंगा लगाएर सबैको ध्यान तान्न सफल भएकी छिन् ।
यति मात्र हैन उक्त समारोहमा उर्वशीले आफुलाई नियन्त्रण गर्न सक्दिनन् । यसैले माहोलमा सरिक हुन मज्जाले डान्स गर्छिन् । डान्सका लागि नेहालाई बोलाउँछिन् । नेहा इन्कार गर्छिन् ।
त्यसपछि अरु सेलिब्रेटीलाई तानेर नै मज्जाले रमाइलो गर्छन । उर्वशी यस पोशाकमा धेरै राम्री देखिन्छिन् । साथै, उनको गहना उनको अधिक आकर्षक केन्द्र बनेको थियो । उर्वशीको लेहेंगा र गहनाको मूल्य ८८ लाख रुपैंयाँ भन्दा धेरै बताइएको छ ।
https://www.instagram.com/p/CGw5IaVhaFS/
उर्वशीले पनि नेहा र रोहनप्रीतसँगको भिडियो साझेदारी गरेर उनलाई बधाई दिएकी छिन् । उर्वशीले लेखिन्, ‘बधाई छ सिद्ध जोडीलाई ।
नेहा कक्कड़ र रोहनप्रीत सिंह दुबै शानदार छन् । म तपाइँ दुबैको लागि धेरै खुसी छु । तिमीहरुले मलाई प्रेममा विश्वास गर्न सिकायौं । म आशा गर्दछु यो एक सम्मान रहनेछ किनकि यस्तो लाग्दछ कि तिमीहरु दुबै अन्त सम्म सँगै हुनेछौँ । रमाईलो भयो । तिमीहरुलाई मेरो माया ।’