बेलायतमा कोरोनााभइरसका कारण मे पछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार एकै दिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ४५ हजार ३६५ पुगेको छ ।
बेलायतमा थप २२ हजार ८८५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार बेलायतमा अहिलेसम्म कुल ९ लाख १७ हजार ५७५ जना सङ्क्रमित भएका छन् ।
बेलायतका पब्लीक हेल्थ मेडिकल डाइरेक्टर डा। यभोन्ने डोयलेले सङ्क्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले अहिलेसम्मको प्रबृत्ति हेर्दा मृत्यु हुनेको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने अनुमान समेत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र सङ्क्रमितहरुको हप्ताभरीको संख्यामा पनि बृद्धि भएको देखिएको छ ।
बीचमा केही समय घटेको देखिएपनि अहिले फेरि बढ्दै जानु थप चिन्ताको विषय भएको अधिकारीहरुले बताएका छन् ।