झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ ।
विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उनको निधन भएको हो । उनलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो ।
२०४६ सालको आन्दोलनमा पक्राउ परेका मैनाली २१ महिना जेल बसेका थिए । पछि बहुदल आएपछि उनलाई सिराहा जेलबाट मुक्त गराइएको थियो ।
उनी २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए । उनी अविवाहित थिए । कम्युनिष्ट विचारधाराका जनवादी नेता मैनाली पहिला एमालेमा थिए । त्यसपछि माले , माओवादी , जनमोर्चालगायतका पार्टी प्रवेश गरेका थिए ।
नेपालमा बहुदल ल्याउन जनपक्षीय नेता मैनालीले ठूलो योगदान दिएका थिए । २०४६ सालको आन्दोलनमा पक्राउ परेका मैनाली २१ महिना जेल बसेका थिए । पछि बहुदल आएपछि उनलाई सिराहा जेलबाट मुक्त गराइएको थियो ।