कोरोना संक्रमणको कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।
बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ ।
वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।
स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।
यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ। ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ। २० अंक भने स्कुल आफैले मूल्यांकन गरेर प्रदान गर्नेछ।
कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ। विगतमा दसैंअघि नै कक्षा १२ को नतिजा प्रकाशन भएर भर्ना प्रक्रिया सुरु भइसक्थ्यो । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन्।
हेर्नुहोस तालिका