बुधबार काठमाडौं उपत्यकामा थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।
त्यसमध्ये काठमाडौंका २ हजार ३९१ जना, भक्तपुरका १७३ जना र ललितपुरका ५४३ सय जना छन्।
योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना संक्रमितको संख्या ६४ हजार आसपास पुगेको छ भने ज्यान गुमाउनेको संख्या २६० भन्दा बढी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप ५ हजार ७४३ जना र उपत्यकामा मात्र ३ हजार १०७ जनामा कोरोना भेटिएको जानकारी दिए ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ ।
कान्छि श्रीमती बनेर घर भित्रिएका ८ चर्चित नेपाली नायिकाहरुको बारेमा तलको भिडियोमा हेर्नुहोस्