नेपालमा गत २४ घन्टामा ३ हजार भन्दा बढीमा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर १३ हजार ८६१ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ हजार ७०२ सहित देशभर ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ ।
योसहित देशभर कूल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।
आज काठमाडौंमा १ हजार ४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी १ हजार ७०२ जनामा कोरोना पुष्टि भएको हो ।
गत २४ घन्टामा २ हजार १०८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् यसरी कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप ८ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुगेको छ जसमध्ये २८ हजार १९६ जना होम आइसोलेशनमा रहेका छन् भने १३ हजार ५५९ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
अहिलेसम्म १३ लाख १४ हजार ७७९ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।