नेपाली बजारमा कात्तिक २ गते आइतबारदेखि सुनको मुल्य स्थिर रहेको छ ।
आइतबार छापावाल सुन तोलाको ९४ हजार ७ सय र तेजावी सुन तोलाको ९४ हजार २ सय मा कारोबार भएको हिजो सोमबार पनि सोही मुल्य र आज मंगलबार पनि सोही मुल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मुल्य तीन दिनदेखि स्थिर रहँदा आज चाँदीको मुल्य भने सामान्य रुपमा बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मुल्य तोलामा १० रुपैंया बढेर १२ सय १० मा कारोबार भैरहेको छ । आइतबार र सोमबार चाँदीको मुल्य तोलाको १२ सय मा कारोबार भएको थियो ।
बजारमा सुनको मुल्य बढेपछि सुनभन्दा पनि सुनको जलप लगाएका गरगहना किन्ने मानिसहरुको भिड लाग्न थालेको छ । सुनभन्दा कम छैन हराएमा डर छैन भन्दै मानिसहरु सुनका जलप लगाएका गरगहनातर्फ आकर्षित भएका हुन् ।