श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) को ड्राफ्ट सम्पन्न हुँदा सन्दीप लामिछाने ड्राफ्टमा कुनै टोलीमा छनोट हुन सकेनन् ।
श्रीलंकाको लंका प्रिमियर लिग (एलपिएल) टी-२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न सोमबार राति ड्राफ्ट गरिएको छ।
२०२० को पहिलो सिजनमा पाँच टिमबीच प्रतिस्पर्धा हुने एलपिएलको ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने छनोट हुन असफल भएका छन्।
सूचीमा नाम सामवेश भए पनि २० राउन्डसम्म चलेको ड्राफ्टमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो देखाएनन्।
आगामी २१ नोभेम्बरदेखि हुने तय एलपिएलमा कोलम्बो किंग्स, दम्बुला हक्स, गले ग्लाडिएटर्स, जफना स्टेलियन्स र क्यान्डी टस्कर्सबीच प्रतिस्पर्धा हुनेछ।
कोलोम्बो किंग्समा श्रीलंका अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युज, वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल, दक्षिण अफ्रिका फाफ डु प्लेसिस, इसुरु उडाना र दिनेश चान्डिमल लगायतका खेलाडी छन् । डम्बुल्ला हक्समा दासुन शनका, दक्षिण अफ्रिका डेविड मिलर, कार्लोस ब्रेथवेट, निरोसन डिक्वेला, लाहिरु कुमारा, ओशडा फर्नान्डो, कुशल रजिथ लगायतका खेलाडी छन् ।
ग्ल्याडीयटर्समा श्रीलंका तीव्र गतिका बलर लासिथ मलिङ्गा, पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी, कोलिन इनग्राम, हज्रतुल्लाजजाई, मोहम्मद आमिर, शरफराज अहमद, पल स्टरर्लिङ र उपुथ थरंगा लगायतका खेलाडी छन् ।
जाफनामा थिसेरा परेरा, डेविड मलान, वासिन्दु हसरंगा, शोएब मलिक, उस्मान शिनवारी, धनन्जय डी शिल्भा, आसिफ अली लगायतका खेलाडीलाई ड्राफ्टमा अनुबन्ध गरेको छ । टस्कर्समा कुसल जानिथसँगै वेस्टइन्डिजका क्रिस गेल, इंग्ल्यान्डका लियाम प्लायन्केट, वहाब रियाज, कुशल मेन्डिस, नुवान प्रदीप, नविन उल हक, एलेसा गुनरत्ने, कामिन्दु मेन्डिस लगायतका खेलाडी छन् ।
१५ दिन चल्ने प्रतिस्पर्धामा २३ खेल हुनेछ।
ड्राफ्टमा पाकिस्तानका खेलाडी बढि अनुबन्ध भएका छन् ।
हाल नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि संयुक्त अरव इमिरेट्स (यूएई) मा दिल्ली क्यापिटल्सको टोलीसँगै छन् ।