बलिउड अभिनेता आमिर खान यतिबेला फिल्म ‘लालसिंह चढ्ढा’को सुटिङमा व्यस्त छन्।
बलिउडमा आफ्नो परिश्रम र समर्पण प्रमाणित गरेका आमिरले एकपटक फेरि आफ्नो लगनशीलता प्रमाणित गरेका छन्।
उनी सुटिङक्रममा दुर्घटनामा परेर घाइते भएका थिए। उनलाई नराम्ररी चोट लागे पनि दुखाइ कम गर्ने औषधि खाँदै अहिले सुटिङ गरिरहेका टाइम्स अफ इन्डियाले जनाएको छ।
सञ्चारमाध्यमका अनसार ‘मिस्टर परफेक्सनिस्ट’ आमिरले फिल्मका लागि एक्सन सिन दिनुपर्ने थियो। तर सिन दिने क्रम उनको करङमा चोट लाग्यो। तर उनले सुटिङ रोकेनन्। ‘पेन किलर’ खाए र सुटिङलाई निरन्तरता दिए।
यी हुन् आमिर खानको चर्चित कन्ट्रोभर्सी, किन विवादमा आइरहन्छन् ?
फिल्म अभिनेता आमिर खान एकपटक पुनः विवादमा छन् । यो विवादको कारण उनको कुनै भनाई भन्दा पनि एक भेटघाट हो । टर्कीकी प्रथम महिला एमिने एर्दोगनसँगको भेटले उनी विवादमा तानिएका हुन् । पछिल्लो केही समययता भारत र टर्कीबीच मतभेद भइरहेको छ । यस्तो अवस्थामा आमिरको यो भेटलाई धेरैले रुचाएका छैनन् । आमिर टर्की नयाँ फिल्म ‘लाल सिंह चड्डा’को बाँकी दृश्य छायांकनका लागि लोकेसन हेर्न पुगेका हुन् । आमिरको लागि यो विवाद नयाँ होइन, यसअघि पनि उनीबारे केही विवाद चर्चाको विषय बनेको थियो ।
सन् २००३ मा आमिर आफ्नो ब्लगमा लेखेको एक वाक्यले विवादमा तानिए । उनले ‘शाहरुखले मेरो खुट्टा चाटिरहेको छ र म उसलाई बिस्कुट खुवाउँदैछु’ भन्ने लेखेका थिए । उनले लेखेको नाम ‘शाहरुख’ अभिनेता शाहरुखको नभई उनको कुकुरको थियो । तर यो विवाद यति चुलियो कि उनले सामाजिक सन्जालमा सफाई नै दिनुपर्यो । यो घटनापछि शाहरुख र आमिरको शितयुद्ध चलेको थियो ।
करिब पाँच वर्ष अघि आमिर असहिष्णुताको बारेमा बोलेर विवादमा आएका थिए । उनले पत्नी किरणलाई भारतमा बस्न डर लाग्ने गरेको बताएका थिए । यो भनाई पछि आमिरले विरोधको सामना गर्नुपर्यो । अनुपम खेर र परेश रावलजस्ता अभिनेताहरुले आमिरको भनाईको आलोचना गरेका थिए ।
सन् २००५ मा रिलिज भएको अमिताभ बच्चन र रानी मुखर्जी स्टारर फिल्म ‘ब्ल्याक’लाई लिएर आमिरले विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले आफू फिल्म हेरेर निस्कँदा अमिताभको भूमिका शिरबाट बाहिर आएको बताएका थिए । यो भनाइपछि अमिताभ र आमिरको सम्बन्ध चिसिएको थियो । तर विस्तारै यो विवाद सेलाउदै गयो र आमिरले अमिताभसँग फिल्ममा अभिनय गर्न थाले ।
आमिरको सबैभन्दा विवादित फिल्म ‘पीके’ सन् २०१४ मा रिलिज भयो । यो फिल्ममा पहिला आमिरको न्यूड पोस्टरले विवाद ल्याएकै थियो, त्यसपछि उनलाई हिन्दु धर्मको अवहेलनाको आरोप लाग्यो । कैयौं स्थानमा फिल्ममाथि प्रतिबन्ध लाग्यो । आमिरको पोस्टर जलाइयो ।
सन् २००९ को सुपरहिट फिल्म ‘थ्री इडियट्स’ले निकै लोकप्रियता कमाएको थियो । फिल्म दर्शकले त मनपराए, तर आमिर यो फिल्ममा पनि विवादमा घेरिए । लेखक चेतन भगतले यो फिल्म उनको उपन्यास ‘फाइभ पोइन्ट समवान’बा लिइएको भनी बोलेका थिए । तर उनले आफूलाई फिल्ममा कुनै क्रेडिट नदिइएको भन्दै आपत्ति जनाएका थिए ।