नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य अघिल्लो दिनको तुलनामा स्थिर छ ।
आइतबार ९४ हजार ७ सय रुपैंयामा कारोबार भएको सुन आज पनि केही परिवर्तन नभएर सोही मुल्यमा कारोबार भैरहको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ७ सय र तेजावी सुन ९४ हजार २ सयमा कारोबार भैरहेको छ ।
त्यस्तै चाँदीको मुल्य तोलाको १२ सय रुपैंयामा कारवबार भैरहेको छ । हिजो पनि चाँदी सोही मुल्यमा कारोबार भैरहेको थियो ।
कात्तिकको पहिलो दिन ९४ हजार ९ सय मा कारोबार भएको सुनको मुल्य त्यसपछि २ सय रुपैंया घटेर दोस्रो र तेस्रो दिन ९४ हजार ७ सय मा कारोबार भैरहेको छ ।