इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध राजस्थान रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा परिवर्तन गरेको छैन । बेंगलोरले भने टोलीमा दुई परिवर्तन गरेको छ । मोहम्मद शिराजको स्थानमा गुरकिरत सिंहमानलाई मौका दिएको छ । शिबम दुबेको स्थानमा शहबाज अहमदलाई मौका दिएको छ ।
राजस्थानलाई प्ले अफको सम्भावना बलियो बनाउन आजको खेलमा जित निकाल्नै पर्ने छ ।
राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल, जयदेव उनदकट र बेन स्टोक्स
बेंगलोरको प्लेइङ ११ – आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, क्रिस मोरिस, शहबाज अहमद , वासिन्टन सुन्दर, गुरकिरत सिंहमान, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहल
अंक तालिका
मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै दिल्ली क्यापिटल्सलाई नेट रनरेटले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।
सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ८ खेलमा ५ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ ।