नेपाल टेलिकमले चाडपर्वका अवसरमा ग्राहकका लागि अफरहरु ल्याएको छ। कम्पनीले यसअघि नै ल्याएको अटम अफरलाई परिमार्जन गरेर ९० दिन थप गरेको छ। सोही बीचमा दसैं तिहार तथा छठका लागि अफरहरु सञ्चालन गर्ने भएको हो।
फेस्टिभल अफरमा मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनस दिइने कम्पनीले जानकारी दिएको छ।
यसमा ५० रुपैयाँको रिचार्ज वा एमपोसबाट २० देखि ५०रुपैयाँसम्म रिचार्ज गर्दा ५ मिनेट, रिचार्ज कार्डबाट १०० वा एमपोसबाट ५१ देखि १०० रपैयाँसम्म रिचार्जमा १० मिनेट, रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपैयाँ रिचार्जमा २० मिनेट र एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ। यसरी पाइने बोनस रिचार्ज गरेकै दिन खपत गर्नुपर्ने छ।
चाडपर्व अफरमा टेलिकमले रिचार्जमा अतिरिक्त कल टाइम बोनसमा मात्र दिने छ। यसमा ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५० रुपैयाँ, हजार भन्दा माथि रिचार्ज गर्दा सय मिनेट बोनस दिने छ।
टेलिकमले यसअघि नै ल्याएको अटम अफरलाई केही परिमार्जसहित निरन्तरता दिएको छ। तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युटुब र फेसबुक अनलिमिटेड प्याक रहेको छ। यी अफर किनेपछि सहुलियतस्वरुप १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने र एक जिबी डेटा पनि पाइने छ।
यसअघि ४० मा तीन दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ। त्यस्तै यसमा १५ रुपैयाँमा वान नाइट अनलिमिटेड भ्वाइस कल प्याक पनि पाइने छ।
अन्य भ्वाइस प्याकहरु भने यथावत नै रहेका छन्।
डेटा प्याकमा केही परिमार्जन गरिएको छ। अबदेखि कम्पनीले १५ रुपैयाँमा एक दिनका लागि सय एमबी डेटा दिने छ। त्यस्तै तीन दिनका लागि ६० रुपैयाँमा ५ सय एमबी डेटा दिने छ।