मेचीनगरका नगरप्रमुख विमल आचार्यलाई कोराना संक्रमण भएको छ ।
कनकाई प्रयोगशालामा मङ्गलवार उनको पीसीआर गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको मेचीनगरका कोभिड फोकल पर्सन नविन बरालले जानकारी दिए ।
नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ ।
नगरप्रमुख आचार्य पीसीआरका लागि स्वाव दिएपछि होमा आइसोलेसनमा रहेका छन् ।
उनको स्वास्थ्य अवस्था हाल सामान्य छ ।
आज मेचीनगरमा नगरप्रमुखसहित ४ जनामा कोरोना संक्रमण भएको हो ।