कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिए पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नआएसम्मका लागि बुधबारदेखि लागु हुने गरी सेवाहरु बन्द गरिएको बताएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञसमेतको छलफलपछि, नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हात हति-यार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य बन्द गरिएको बताएको हो ।
साथै नवीकरणसम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको बताएको छ ।
शान्ति सूरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी सेवा, मु-द्दाको सुनुवाइसम्बन्धी सेवा, विपद व्यवस्थापनसम्बन्धी सेवाहरु भने नियमित संचालन रहने प्रशासनले बताएको छ ।
अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्नुपर्ने छ ।
हेर्नुहोस जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना