नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
साताको पहिलो र दोस्रो दिन एउटै मुल्यमा कारोबार भएको सुनको मुल्य आज मंगलबार हिजोको तुलनामा तोलामा ५ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको ९५ हजार १ सय तेजावी सुन ९४ हजार ४ सय मा कारोबार भैरहेको छ ।
आइतबार र सोमबार छापावाल सुन ९५ हजार ६ सय र तेजावी सुन ९५ हजार १ सय मा कारोबार भएको थियो ।
सुनको मुल्य घट्दा चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैंया घटेर १२ सय २५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।
र यो भिडियो पनि हेर्नुहोस्