रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको घटनामा अनुसन्धानमा रहेकी नवराज विककी प्रेमिका भनिएकी युवतीलाई थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको छ।
उच्च अदातलले जिल्ला अदालतको आदेश उल्ट्याएर थुनामुक्त गर्ने निर्णय गरेको हो । प्रेमिकालाई वेहुली बनाएर लिन भन्दै साथीसंग गएका नवराज सहित उनका साथीहरुको निधन भएको घटनामा नवराज विककी प्रेमिका भनिएकी युवती पनि थुनामा थिइन् ।
ती युवतीसहित करिब तीन दर्जन स्थानीयविरुद्ध प्रहरीले मुद्दा दर्ता भएको थियो। बालबालिका ऐन अनुसार रुकुम जिल्ला अदालतले प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई मु द्दा पुर्पक्षका लागि सुधार गृह पठाउने आदेश गरेको थियो ।
जाजरकोटबाट प्रेमिका लिन १९ जना युवासहित चौरजहारी पुगेका नवराजसहितलाई स्थानीयले गरेको आक्रमणमा ६ जनाको निधन भएको थियो । घटना भएकै दिन नवराजको शव खोलामा भेटिएको थियो। त्यसको केही दिनमा थप पाँच जना युवाको शव भेटिएको थियो। नवराजकी प्रेमिका भनिएकी युवतीका परिवारको योजनामा घटना भएको प्रहरीको निष्कर्ष थियो।
र यो भिडियो पनि हेर्नुहोस्