रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ ।
जारी सिजनमा पाँचौ जित निकालेसँगै बेंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाउन सक्यो । कोलकाताका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रनमा मात्र बनाउन सक्यो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित ७३ रनको अर्धशतकीय इनिङ्स खेले भने आरोन फिन्चले ४७ रन जोडे ।
देवदूत पडीक्कले ३२ रन बनाउँदा कप्तान विराट कोहली भने ३३ रनमा अविजित रहे ।
कोलकत्ताका लागि प्रशिद्ध कृष्ण र आन्द्रे रसेलले १-१ विकेट लिए ।
कोलकत्ताका लागि सुबमान गिलले ३४, राहुल त्रिपाठी र आन्द्रे रसेलले १६-१६ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २-२ विकेट लिए भने मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले १-१ विकेट लिए ।
अंक तालिका
मुम्बई, दिल्ली र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । समान ७ खेलमा नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बेंगलोर तेस्रो स्थानमा रहेको छ । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा पुगेको छ ।
सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।