२०७७ साल अधिक आश्विनकृष्णपक्ष असोज २६ गते सोमवार दशमी तिथि श्लेषा नक्षत्र चन्द्रमा कर्कट राशिमा
मेष राशि : पुरानो साथिसंगको भेटले मन खुशि रहनेछ । मान सम्मानमा वृद्धि होला । कमाउने कुरामा राम्रो समय छ । काममा बाधा पुर्याउनेहरु सक्रिय रहलान् सावधान रहनु होला । सजिलो तरिकाबाट कामहरु सम्पन्न हुने देखिन्छ ।
बृष राशि : बोलीमा नरम पन आउनेछ । आफन्तको प्रगतिमा रमाउन पाइनेछ । घर परिवारमा सामान्य विवाद उत्पन्न होला । आज विदेश यात्राको योग बनिरहेको छ । नयाँ कामको वातावरण आउनेछ । आय–आर्जनका कुरामा राम्रै प्रगति हुनेछ । अचानक मिठा खानेकुरा प्राप्त होलान् ।
मिथुन राशि : मायालु संग वाद–विवाद होला । तरल पदार्थको काममा प्रसस्त लाभ मिल्नेछ । आज आगोजन्य कुरामा सावधानी अपनाउनु होला । नयाँ ठाउको छोटो र मिठो यात्रा हुन सक्छ । दिनको अन्त्यतिर शुभ खबर सुन्न पाइनेछ । शैक्षिक प्रगतिमा भने केही कमीको महसुस होला ।
कर्कट राशि : कुनै पनि काम सम्पन्न गर्नमा आवस्यक सहयोग प्राप्तहुने छ । खुट्टा तान्नेहरुबाट जोग्गिएर काम गर्नु होला । उठ्न बाँकी पैसा आज उठ्न सक्छ । पुराना साथिहरु संग भेटघाट होला । नयाँ कामका बारे मनमा कुरा खेल्नेछ । घर परिवारमा विवाह आदि शुभकामको कुरा हुनेछ ।
सिंह राशि : जग्गाजमिन सम्बन्धी महत्वपूर्ण निर्णाय हुनेछ । वादविवादमा पर्न सकिएला । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । बौद्धिक क्षमताको पनि कदर हुनेछ । परिवारमा खुशीको संचार होला । टाढाबाट खुशीको समाचार आउने देखिन्छ ।
कन्या राशि : आज काममा तपाईंको उचित मूर्याङ्कन हुनेछ । बोल्दा धेरै विचार पुर्याउनु होला । अत्यन्त ब्यस्त रहने दिन छ । आर्थिक हिसावले राम्रो समय छ । गरेका कामहरुमा सफलता हात लाग्नेछन् । इष्टमित्रहरुले काममा सहयोग नै गर्नेछन् । सभा समारोहमा सामेल हुनु पर्ला । मायाका कुरामा पनि प्रगतिहुनेछ ।
तुला राशि : घुम्न फिर्न समय मिल्नेछ । नयाँ साथी बन्नेछन् । पठन पाठनमा खासै मन जाने देखिन्न । फलामका सामग्रीबाट सावधान रहनु होला । आर्थिक समस्या केही हदसम्म समाधान हुनेछ । शुभ समाचार सुन्नाले मन खुशि रहला । शरीर भने केही अल्छी रहनेछ ।
बृश्चिक राशि : दिन रमाइलो रहनेछ । बोलेर खाने समय छ । खेलकुदका कुरामा रुचि जानेछ । रुपैया पैसा लेनदेनको कुरामाभने होश पुर्याउनु पर्ने देखिन्छ । यात्राबाट सुख प्राप्तहुनेछ । काम गर्नमा जोस र जाँगर बढ्ने छ । आफन्तजन संग मिलन हुने सम्भावना छ ।
धनु राशि : आज प्रेम प्रस्ताब आउला । भेला समारोह आदिमा रमाउन पाइनेछ । तार्कीक क्षमता अत्यन्त राम्रो रहनेछ । व्यपार व्यवसायमा राम्रो प्रगति हुनेछ । खानपिनका कुरामा सावधानि अपनाउनु पर्ने देखिन्छ । इष्टमित्रहरुसितको भेटघाटमा मन खुशि रहला ।
मकर राशि : खेलकुदमा समय राम्रो छ । पठन पाठनमा अनेक कुराले बाधा पर्न सक्छ । पेशागत रुपमा दिन राम्रो रहनेछ । घर परिवारको शुभ समाचार सुन्नपाइनेछ । मिष्ठान्नभोजन प्राप्तहोला । आफन्त–आफन्त बिचमै मनमुटाव हुन सक्छ सावधान रहनु होला ।
कुम्भ राशि : नयाँ ठाउँको यात्राले खुशि थप्नेछ । ठुला बढाले काममा सहयोग गर्नेछन् । साझेदारी काममा प्रसस्त लाभ मिल्नेछ । तपाईंको काममा बाधा पुर्याउनेहरु पनि सक्रिय रहलान । तर पनि कामहरु बन्दै जानाले मन भने प्रसन्न नै रहनेछ । अचानक भोजको निम्ता पाइएला । मायाका कुरामा रमाइलो हुनेछ ।
मीन राशि : दिनको सुरुमा शुभ समाचार सुन्न पाइनेछ । नयाँ मान्छेसंगको भेटले प्रेम प्रसंगको आकर्षण बढाउनेछ । पठन–पाठनमा राम्रै संग मन जाने देखिन्छ । आज वादविवादबाट भने जोग्गिनु होला । नयाँ काम शुरु गर्न उपयुक्क्त समय छ । उत्साहजनक ढंगले कामको थालनी हुनेछ ।