२०७७ साल अधिक आश्विन कृष्णपक्ष असोज २५ गते आइतवार नवमी तिथि पुष्य नक्षत्र चन्द्रमा कर्कट राशिमा
मेष राशि : दिनको प्रारम्भ रमाईलो तरिकाले हुनेछ । सामाजिक परिवेश तपाईंको अनुकुल बन्नेछ । कामका कुरामा बाधाहरु पर्ने सम्भावना पनि छ । प्रशस्त आर्थिक लाभ होला । पढाइ लेखाइ तिर भने चासो अलि कम हुनेछ ।
बृष राशि : काम बन्ने कुरामा राम्रो समय छ । खर्चपनि राम्रै होला । प्रेम प्रसंग मा आइतबारको दिन सम्झन् योग्य रहनेछ । शैक्षिक प्रगतिमा भने केहीकमीको महसुस होला । विशुद्ध पढाइलेखाइ भन्दा पनि कलासँग सम्बन्धित काम गर्नमा मन जाला ।
मिथुन राशि : आज काममा सबैले सहयोग गर्नेछन् । कुभलो चिताउनेहरु बशमा रहनेछन् । अरुको सहयोगमा पनि समय खर्चनु पर्ला । कर्मचारी वर्गका लागि अझ फलदायी समय छ । परिवारमा सुखको अनुभव गर्न पाउनु हुनेछ ।
कर्कट राशि : नसोचोको कामहरु अनौठौ तरिकाले बन्नेछन् । रुपैया पैसा लेनदेनको कुरामा भने होश पुर्याउनु पर्नेछ । कमाईका विभिन्न मार्गहरु दिमागमा आउनेछन् । नगरेका कामको अपजस पनि यो आउँन सक्छ तर पनि कमलो मन भने नबनाउनु होला ।
सिंह राशि : दिनको सुरुवात उत्साह पूर्ण रहनेछ । खर्चालु समय भएपनि राम्रै काममा नै खर्च हुनेछ । अलि कमजोर दिन रहन सक्ला । दिनको अत्न्यमा आय–आर्जन राम्रै हुनेछ । कामहरु सरकारी अधिकारीका सहयोगमा बन्ने देखिन्छन् ।
कन्या राशि : घर परिवारको राम्रो सहयोग पाइने समय छ । सोमवार खानपिनका कुरामा निकै सावधानी अपनाउनु होला । पठनपाठनमा राम्रै संग मन जानेछ । प्रेम प्रसंगमा पनि प्रगति हुनेछ ।आत्मविश्वास बढ्ने छ । नयाँ कामको अवसर प्राप्त हुने देखिन्छ ।
तुला राशि : काममा स्वास्थ्यका कारण बाधा हुन सक्छ । लत्ताकपडामा ठूलै रकम खर्च हुन सक्ने देखिन्छ । प्रेमप्रसंग रमाईलै रहनेछ । धार्मिक कार्य गर्नमा मन जानेछ । व्यापार व्यवसायमा नाफा नै हुने योग छ । कामहरु बन्दै जानाले मन प्रसन्न रहनेछ ।
बृश्चिक राशि : शारिरिक चमक बड्ने छ । प्रेम प्रस्ताब आउन सक्छ । दिनको सुरुमा नै शुभ समाचार सुन्न पाइनेछ । आफ्नै आत्मबलको भरमा अपत्यारिला कामहरु सम्पन्न हुनेछन् । नयाँ मित्रसँग भेटघाट र परिचय हुनेछ । सामाजिक र व्यवहारिक दृष्टिले सामान्य समस्याहरु आफैं टाढा भाग्नेछन् ।
धनु राशि : खर्च बढ्नेछ । नयाँ कुरामा आज गरेको लगानीले राम्रै फाइदा दिनेछ । पेटमा समस्या देखिन सक्छ । रमाइलो वातावरणमा कामहरु गर्न पाईनेछ । सन्तान पक्षबाट सहयोग मिल्नेछ । साताको पहिलो दिन (आइतबार) विदेश यात्राको योग पनि बनिरहेकोछ ।
मकर राशि : नयाँ स्थानको यात्रामा मन जानेछ । धनमाल चो-री हुन सक्छ त्यसैले सावधान रहनु होला । सोचेका कामहरु सजिलो तरिकाले सम्पन्न हुन सक्नेछ । काममा जोश र जाँगर पनि बढ्नेछ । आय–आर्जनका कुरामा राम्रै प्रगति हुनेछ ।
कुम्भ राशि : धार्मिक स्थानको रमाईलो यात्रा हुन सक्छ । लामो समय देखि काममा देखिएको समस्या समाधान हुन सक्छ तर प्रयास भने गर्नै पर्नै देखिन्छ । तर तपाईंको एकोहोरोपनले आफैंलाई नोक्सानी पनि पार्न सक्छ सावधान रहनु होला ।
मीन राशि : बोलिमा देखिने नरमपनले केही राम्रो काम बन्नेछ । साथिभाइले लहै–लहैमा तपाईंको राम्रोसंग खर्च गराउँलान् । स्वास्थ्यका दृष्टिले पनि दिनको अन्त्यत्तिर राम्रो छैन, सावधान रहनु होला । गरिराखेको पेशाबाट मन अघाएर दिक्कहुने समय छ ।