भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’की निर्णायक तथा गायिका नेहा कक्कड कुनै न कुनै कारण चर्चामा रहन्छिन् । कहिले आफ्नो गीतले त कहिले फोटोका कारण उनको चर्चामा कमी आउदैन ।
नेहाले नयाँ घरको दुई तस्विर शेयर गरेकी छन् । त्यस तस्विरलाई शेयर गर्दै नेहाले आफ्नो १२ वर्षको सं’घर्षको कहानी बताएकी छिन् । सिनेमा जगतमा आउनुभन्दा पहिला नेहा एक कोठामा भाडामा बस्थिन् ।
यधपी अहिले उनीसँग शानदार घरमा बस्छिन् । आफ्नो पुरानो दिनलाई सम्झिदै नेहाले इंस्टाग्राममा दुई तस्विर शेयर गर्दै मनकाे दुख पाेखेकी छिन् । एक तस्वीर नेहाको पुरानो घरको हो, जहाँ उनी जन्मेकी थिइन् । नेहा कक्कडले लेखेकी छिन्, यो त्यो बंगला हो जुन अहिले हाम्रो छ । दोस्रो घर ऋषिकेश जहाँ म जन्मिएकी थिए ।
नेहा बाल्यकालमा जागरण गर्थिन् र उनको यो कुराका विषयमा जोकोही पनि जानकार छन् । सन् २००६ मा नेहा ‘इण्डियन आइडल सीजन २’मा प्रतिष्पर्धीका रुपमा देखिइन् । भलै उनले यो उपाधि नजिते पनि आफ्नो शानदार गायकीका कारण धेरैको मन जितिन् । यसपछि नेहाले आफ्नो करियर सन् २००८ मा ‘नेहा द रकस्टार’ नामक एल्बम ल्याइन् । तर यो एल्बमले उनलाई पहिचान दिलाउन सकेन ।
सन् २००८ मा ब्रेकपछि नेहाले बलिउडमा गायन यात्रा शुरु गरिन् । सन् २०१४ मा उनले गाएको गीत ‘मनाली ट्रान्स’ जबरदस्त हिट भयो । यो गीत पछि उनले एकपछि अर्को हिट गीत दिइन् ।
नेहाको फिल्म अभिनेता हिमांश कोहलीसँग लामो डेट चलेको थियो । तर चार वर्षपछि सन् २०१८ मा नेहा र ‘यारियाँ’ फेम अभिनेता हिमांशको ब्रेकअप भयो । यो ब्रैकअपका कारण उनी निकै अफसेट थिइन् र डिप्रेशनको शिकार नै भइन् । दुवैले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेपछि उनीहरुको ब्रेकअप भएको सत्य साबित भयो । नेहा ‘सा रे गा मा पा’को सेटमा रोएको पनि यही कारणले हो भन्दा कन्जुस्याई नहोला ।
रोहनप्रीत भन्दा अघि नेहाको गायक आदित्य नारायण झासँग विवाहको चर्चा चलेको थियो । इण्डियन आइडलको समयमा उनीहरुको विवाहको कुराले चर्चा पाएको थियो । आदित्यका पिता उदित नारायणले त नेहालाई ‘बुहारी’सम्म भने । तर पछि शोको टीआरपी बढाउन नाटक गरिएको खुल्न आयो ।