नेपाली बजारमा आज सुनको मुल्य अघिल्लो दिनको तुलनामा केही बढेको छ ।
बिहीबारको तुलनामा सुनको मुल्य तोलामा ९ सय रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन ९४ हजार ८ सय र तेजावी सुन ९४ हजार ३ सय मा कारोबार भैरहेको छ ।
सुनको मुल्य उकालो लागिरहँदा चाँदीको मुल्य पनि केही मात्रामा बढेको छ ।
अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य तोलामा १५ रुपैंया बढेर आज ११ सय ९५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।