सेलिबेटीहरुले धेरै समय आफ्नो गाडीमा बिताउने गर्छन् । बिशेष गरी सुटिङमा भएको बेला आरामा गर्ने ठाउँ भनेकै गाडी हो जस्लाई सुबिधा सम्पन्न बनाएर भ्यानिटी भ्यान भनिएको हो ।
बलिउड सेलिबेटी भन्ने बित्तिकै तपाईको दिमागमा उनीहरुसँग भएको घर, आकर्षक गाडी, उनीहरुसँग भएको सम्पत्ति याद आउँछ होला हैन ?
तर धेरै समय उनीहरु घर भन्दा सुटिङमा व्यस्त हुनुपर्ने भएकोले उनीहरु भ्यानिटी भ्यान आकर्षक बनाउन चाहन्छन् । त्यहाँ उनीहरुको मिनी फ्लाट नै हुन्छ । ट्वाईलेट देखि लिएर रिल्याक्स रुम सम्म त्यही हुन्छ ।
आज केटीएम दैनिकले बलिउडका सुपरस्टार अजय देबगनको भ्यानिटी भ्यानको तस्विरहरु देखाउने कोशिस गरेको छ ।