ब्राजिलमा बुधबार कोभिड–१९ सङ्क्रमितको ३१ हजार ५ सय ५३ भएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ ।
यो समाचार तयार पार्दासम्म ब्राजिलमा कुल संङ्क्रमितको संख्या ५० लाख २ हजार ३ सय ५७ सहित यो देश अमेरिका र भारतपछि तेस्रो स्थानमा रहेको छ ।
दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा सङ्क्रमित ७ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९ सङ्क्रमित १ लाख ४८ हजार ३ सय ४ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकापछि विश्वमा कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु हुने मुलुक ब्राजिल हो । ब्राजिलमा गत फेब्रअरी २६ मा कोभिड–१९ को पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।
संङ्क्रमित संख्याको आधारमा भारत दोस्रो स्थानमा भएतापनि भारतमा १ लाख ५ हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।
विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कूल ७७ लाख ७६ हजार २ सय २४ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमित २ लाख १६ हजार ७ सय ८४ जनाको मृत्यु भएको छ ।
दोस्रो बढी प्रभावित मुलक भारतमा कूल ६८ लाख ३५ हजार ६ सय ५५ व्यक्ति सङ्क्रमित भएका छन् भने ५८ लाख २८ हजार ७ सय बढी कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
विश्वभर कोभिड १९ सङ्क्रमितको सङ्ख्या ३ करोड ६४ लाखभन्दा बढी पुगेको छ भने यही भाइरसको कारण१० लाख ६० हजार ६ सय भन्दा बढी मृत्यु भइसकेको छ ।
विश्वका अन्य प्रभावित मुलुकहरूमा रूस, कम्वोडिया, चिली, पेरू, स्पेन, फ्रान्स, इटालीलगायत अमेरिकी र यूरोपेली मुलुक नै रहेका छन् ।