सरकार र डा.गोविन्द केसीको टोलीबीच वार्ता सुरु भएको छ।
सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने डा.केसीको तर्फबाट डा.जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको छ।
सरकारले अनसन स्थगत गर्न डा.केसीलाई आग्रह गरे पनि उनले माग पूरा नभई अनसन नतोड्ने अडान लिएका छन्।.
भदौं २९ गते जुम्लाको चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाविरा मन्दिरमा १९औँ सत्याग्रहको सुरुवात गरेका थिए ।
भदौं २९ देखि अनशनमा रहेका केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि असोज ६ गते उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
त्यसपछि उनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै सत्याग्रह गरिरहेका छन् ।
विभिन्न ६ बुँदे माग राखेर डा.केसी गत २५ दिनदेखि अनसन बसेका छन्। उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गइरहेको छ।
र यो पनि पढ्नुहोस् :
डा. केसीको अनसन शृङ्खलाः १९ पटक अनसन, १३ पटक सम्झौता