अनुहारको छाला चम्किलो बनाउन सघाउने घरेलु औषधिहरु

उमेर नपुग्दै अनुहारको छाला चाउरिन पुग्छ । जतिसुकै मिहिनेत गरे पनि कतिपयको अनुहार भनेजस्तो चम्किलो हुँदैन । अनुहारको छाला चम्किलो र मुलायम बनाउन ब्युटिपार्लर धाउनेहरूको पनि कमी छैन । तर, केही महत्वपूर्ण कुराको ख्याल गर्ने हो भने अनुहारको छाला सधैँ चम्किलो हुन्छ, चाउरी पनि पर्दैन ।
छालाको सौन्दर्य जोगाउने प्राकृतिक विधी भनेको, शरीरमा पानीको कमी हुन नदिनु हो ।
यसका लागि केहि सर्त आवश्यक छ । जस्तो,
१. पर्याप्त मात्रामा पानी वा झोल पदार्थ पिउने ।
२. अनुहार एवं छालाको सरसफाईमा खास ध्यान दिने ।
३. सन्तुलित खानेकुरा सेवन गर्ने । फाइबरयुक्त खानेकुरा, सागसब्जी, …