नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५ सय भन्दा बढी संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालमा १ हजार ५ सय ५१ संक्रमित भेटिएका हुन् ।
योसहित नेपालमा कूल संक्रमितको संख्या ९० हजार नाघेको छ ।
आज भेटिएका संक्रमितभन्दा कोरोनामुक्त भएर घर जानेको संख्या उच्च छ । वितेको २४ घन्टामा २ हजार ३ सय ४० जना संक्रमित कोरोनामुक्त भएर घर फर्केका छन् । अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ६३ पुगेको छ । पछिल्लो २४ घन्टामा ९ जनाको कोरोनाको कारण ज्यान गएको हो ।
गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
सोमवार मन्त्रालयले २ हजार ४ सय ४० सङ्क्रमित फेला परेको र १९ जनाको मृत्यु भएको बताएको थियो।
गत शुक्रवार मन्त्रालयले २ हजार ७ सय जनाभन्दा बढीमा सङ्क्रमित भेटिएको पुष्टि गरेको छ। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। त्यसयता सोमवारसम्म प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्यो।
अरु तथ्यांकहरु के के छन् ।
आज देशभरीमा ११ हजार ४७ जनाको पीसीआर परिक्षण गरिएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ पुगेको छ । जसमध्ये १३ हजार ५ सय ९१ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार १ सय १८ जना संस्थागत आइशोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेशनमा रहेका मध्ये गम्भिर प्रकृतिका २ सय ४३ जनालाई आइसीयू र ४० जना भेन्टिलेटरमा राखेर उपचार गरिएको मन्त्रालयले जनाएको छ ।
आज ज्यान गुमाउने ९ जनामध्ये ५ जना पुरुष र ४ जना महिला छन् । पुरुषको उमेर ३१ देखि ७७ वर्ष रहेको छ भने महिलाको उमेर ५९ देखि ७७ वर्ष रहेको मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय अध्यावधिक विवरणमा उल्लेख गरिएको छ ।