अहिले पनि यो धर्तीमा राम्रा मानिस सकिएका भने छैनन् ।राम्रो सुन चिनिन कसिमा घोटिनै पर्ने बाध्यताको कारण डा. गोविन्द केसी, महावीर पुन र कुलमान घिसिङहरुले दु:ख पाइरहेको अवस्था हो । समय कालखण्डमा गएर उहाँहरुले पनि सम्मान पाउनु नै हुनेछ । अहिले देखिएको शक्ति उन्माद क्षणिक मात्रै हो ।
जो आफ्नु र परिवारको लागि मात्र काम गर्छ उसलाई परिवारले मात्र चिन्छ र मरेपछि सबैले बिर्सन्छन् , तर जो सम्पुर्ण समाजको हितको लागी, समाज र देशको आर्थिक उन्नतिका लागि काम गर्छ र संसार भरी देशलाई चिनाउंछ भने उ सदासर्बदा पुजिन्छ र अमर हुन्छ हो यस्तै जलान्त उदाहरण हुन् अहिले अनसनरत बसेका डाक्टर गोविन्द केसी। डाक्टर गोविन्द केसी को हुन् भनेर सायद मैले चिनाई रहनु पर्दैन होला। स-साना बालबच्चा देखि लगेर वृद्धसम्म अनि ३ करोड नेपाली जनताका ढुकढुकी डाक्टर गोविन्द केसीलाई नचिन्ने सायद कमै होलान्।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग गर्दै भदौ २९ गते जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरमा स्थित बाबिरा मन्दिरको धर्मशालाबाट उन्नाइसौँ अनशन सुरु गरेका डाक्टर केसी अनसन बसेको आठौं दिनमा जुम्लामा पहिला अनसन बस्दा को जस्तै भयाबह स्थिति नहोस भन्दै काठमाडौ आएका थिए । काठमाडौँ आएर पनि उनले अनसन तोडेका छैनन् उनको सत्याग्रह जारी नै छ।
डाक्टर केसी हस्पिटलको सैयामा छट्पटिदै मर्नु न बाँच्नुको दोसाँधमा छन् भने अहिलेसम्म नेपाल सरकारबाट डाक्टर केसीसँग कोही कसैले पनि केही छलफल वा समन्वय गरेको देखिँदैन । डाक्टर केसीका मागलाई नेपाल सरकारले व्यवस्था गरिरहेको छ ।
आफ्ना आफन्त आसेपासे र भागबन्डामा अनि पाटीको किचलोमा होमिएको हाम्रो यो सरकारलाई प्यारा जनताहरूको केही चासो छैन कि जस्तो लाग्छ ।हजारौं मानिसहरु डाक्टर केसीको समर्थनमा सडकमा उत्रेर शान्तिपूर्वक आन्दोलन गर्दासम्म नेपाल सरकारलाई डा. केसी अनशन बसेको थाहा सुईको छैन कि वा थाहा पाई वास्ता नगरेको हो कि भन्ने कुराको भान हुन्छ।
मैले पढेको र बुझेको के छ भने उहिले बाँजेको पालामा राणा शासकको मुखबाट जे निस्किन्थ्यो त्यही कानून मानिन्थ्यो योग्यता र क्षमता भन्दापनि राणाहरूको जयजयकार गर्ने चाकडी र चाप्लसुलाइ जीवनको उद्देश्य बनाउने हरु कोहि जिल्लाका हाकिम हुन्थे, कसैलाई बिर्ता दिइन्थ्यो । पढ्न लेख्न त जनताले कहाँ पाउँथे र राणाको चाप्लुसी गर्ने कार्यनै थितिको रुपमा स्थापित थियो।
अक्सर कम्युनिष्टहरुले भन्ने गर्छन् विषयलाई रुपमा होइन सारमा बुझ्नुपर्छ सारमै बुझ्दा पनि अहिलेको शासन राणाको हुकुमी शासन भन्दा फरक देखिएन प्रधानमन्त्रीलाई खुशी बनाउन सक्नेले एक पटक होइन दुई पटक होइन तीनपटक होइन १०:१० पटक आकर्षक ठाउँमा नियुक्ति पाउन सक्छन् । हाम्रो देशमा विज्ञ वा जनताले पत्याउन पर्दैन दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु पनि पर्दैन राणा खुसी पार्न सके जातै फेरिन्छ भनेझै सारमा हेर्दा त देशमा राणाकै हालीमुहाली भएको जस्तो पो देखिन्छ।
शासकको मनोरञ्जनमा बाधा पुग्ने भएपछि खुल्ला मञ्चबाट भोका गरिबलाई रित्रो थाल सहित लखेटेको हिजो अस्ती भर्खरै मात्र हो हामीले कहाँ बिर्सेका छौ र खाना नपाएका मानिसहरू आफ्नो ज्यान आफै लिही रहेका छन्। महामारीका कारण गरिबहरूको संख्या बढेको बढ्यै छ। विकासनिर्माण उत्पादन र रोजगारीका कुरा त देशका शासकले बाध्यतामा पर्दा मात्र बोल्दछन्। अरुबेला आफ्ना आफन्त आसेपासे र भागबन्डामा अनि पाटीको किचलोमा होमिएका हुन्छन्।
सम्मानानीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहा छ कि छैन ? डाक्टर गोविन्द केसी १९ औं पटक अनसनमा बसिरहेका छन् भनेर । डक्टर केसीले आफ्ना लागि घर, गाडि र धन, दौलत,मागेर अनसन बसिरहेका छैनन्। कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न र चिकित्सा शिक्षा सुरु गर्न माग गरेर उनी अनशन बसिरहेका छन् उनको माग पूरा गर्दा त्यस क्षेत्रका जनताले स्वास्थ्य सेवा पाउँछन् गरिबका छोराछोरीले पनि डाक्टर पढ्न पाउँछन् दुर दराजका एवं दुर्गमका जनताले एउटा सिटामोल पनि नपाएर मर्नुपर्ने पिडादायक एउटा ठूलो समस्या को समाधान हुन्छ। त्यहाँका मानिसले एउटा सिटामोल पाएर आफ्नो ज्यान जोगाउन सफल हुन्छन यो कुरा थाहा छ कि छैन प्रधानमन्त्रीज्यू हजुरलाइ।
के डाक्टर केसीले उठाएका मागहरू जायज छैनन् त ? यदि मागहरु जायज छैनन् भने डाक्टर केसीको समर्थनमा ३ करोड नेपाली किन सडकमा उत्रिरहेका छन्। यदि डा. केसीको मागहरु साँच्चै नै गलत छन् भने उहाँ लगायत यस कुरा बोलिरहेका सबैलाई देशका जनतालाई भड्काउन खोजेको भनेर मुद्दा चलाएर , जेल हालेर कारबाही गरिदिनु पर्यो । होइन देशको स्वास्थ्य क्षेत्रमा सुधार आउने ठीक मागहरु छन् भने ढिला नगरी नेपाल सरकारले डाक्टर केसीका मागहरूलाई सुनुवाई गरिदिनुपर्यो। स्वास्थ्यका पछिपछि आफ्नो सुधारको पालो आउँछ कि भन्दै सुनुवाई कुरेर अन्य धेरै क्षेत्र कुरिरहेका छन् । राम्रो निर्णय लिन समय बर्बाद नगरौं होला की ?
डाक्टर केसीको पहिलो माग छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस् ।
संघिय राजधानीले तर्क गर्यो,
*एक जनापनि डक्टर नबस्ने कर्णालीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान कसरी स्थापना हुन्छ ? स्थापना भयाे ।
* भनियाे, डक्टरहरू जादैनन । डक्टरहरू गए ।
* तर्क गरियाे, डक्टरहरू बस्दैनन । डक्टरहरू बसे ।
* भनियाे, कर्णालीका दुर्गम जिल्लामा जादैनन । हुम्लाकाे हिल्सामा समेत
प्रतिष्ठानले डक्टर पठायाे ।
* कासले बिशेषज्ञ सेवा प्रबाह गर्न नसक्ने जिकिर गरियाे । सल्यक्रिया नै नभएका जिल्लाहरूमा कासका विशेषज्ञ डक्टहरूले सफल सल्यक्रिया गरे ।
* भनियाे, MBBS, MD,MS कार्यक्रम संचालन गर्न पुर्वाधार छैन । ३०० शैयाकाे अत्याधुनिक शिक्षण अस्पताल बन्याे ।
* तर्क गरियाे, भबन मात्र बनेर के गर्ने ? उपकरण खै ? ल्याव र CT Scan जस्ता उपकरणहरू जडान गरिए ।
* प्रश्न गरियाे, उपकरण संचालन गर्ने जनशक्ति खै? प्रतिष्ठानले ४२ जना बिशेषज्ञ डक्टर सहित ७८ जना डक्टरहरूकाे प्रबन्ध गर्याे ।
* भनियाे, जनशक्ति भएर के गर्ने बिरामी छैनन ।
MBBS कार्यक्रम सुरू गर्न विरामी संख्यापनि पुग्ने भयाे । कासले स्नातकोत्तर कार्यक्रम संचालनार्थ प्रदेश अस्पताल, सुर्खेत, नेपालगन्ज मेडिकल कलेज र धनगढी अस्पतालसँग पनि MOU गर्याे ।
* स्नातक र स्नातकोत्तर कार्यक्रम संचालन गर्न चिकित्सा आयाेगले निर्धारण गरेकाे सम्पुर्ण मापदण्ड पूरा गरेर स्वास्थ्य मन्त्रालय, चिकित्सा आयोगमा कासले निवेदन दर्ज गरेकाे छ ।
* शहरका सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरूले काेराेना बिरूद्धकाे लडाइँमा उदाशिनता देखाइरहदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(कास)ले आफ्ना स्वास्थ्यकर्मीहरूलाइ गाउँ गाउँ खटाएर जनताकाे जीवन रक्षा गर्याे । पिसिआर परिक्षणमा टेकुपछि नेपालकै दाेश्राे स्थान हासिलपनि गर्याे ।
अब हजुरहरू आफैले भन्नुहोस् प्रधानमन्त्रीज्यू स्वास्थ्यमन्त्रीज्यू शिक्षामन्त्रीज्यू उच्चस्तरमा रहनुभएका विभिन्न मन्त्रीहरु ज्यू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा MBBS, MD, MS कार्यक्रम संचालन गर्न कुन थप मापदण्ड र याेग्यता चाहिन्छ ?
डा. गोविन्द केसीले उठाएका अन्य मागहरु पनि निकै डरलाग्दा र कठिन भने छैनन् नेपाल सरकारले चाहेको खण्डमा डाक्टर गोविन्द केसीका सम्पूर्ण मागहरु पुरा गर्नसक्छ।
दुर्गम क्षेत्रको स्वास्थ्यमा सरकारी उदासीनता यथावत छ एउटा सिटामोल नपाएर मर्नुपर्ने बाध्यता छ। त्यसैले त अहिले पनि सुत्केरी हुन नसकेर मृत्यु भएको खबर सुनिरहनुपर्छ। एपेन्डिसाइटिस भएकोलाई समयमै अस्पताल पुर्याउन नपाउँदा ज्यान गएका घटना दोहोरिइरहन्छन्। दुर्गमका सरकारी अस्पतालमा सरकारले न जनशक्ति पुर्याउन सकेको छ, न उपकरण। यस्ता विभिन्न समस्याहरु डा. गोविन्द केसीका मागहरूलाई नेपाल सरकारले वार्ता गरेर पूरा गरेपछि समाधान हुँदै जानेछन्।
भोलिका दिनहरु सम्झिदा अझै धेरै डर लाउन थालेको छ किनकि एउटा सन्त डा गोबिन्द के सि मात्र देश र देश बासिहरुको हक हित र अधिकारको लागि १९ औँ पटक सम्म तपाईं र मेरो लागि मृत्युको मुखमा जादा के हाम्रो कुनै कर्तव्य हुदैन ? यदि डा. केसिलाई तलमाथि केही भयो भने हामिलाई ठूलो पाप र हाम्रो सन्तानले धिकार्ने छ ।
एउटा मान्छे २२ दिन देखि भोकै छ । उसले त्यो भोक ब्यक्तिगत उन्नति, प्रगति र लोभ लालचको अभिष्ट राखेर खपेको पक्कै नहोला ? यदि लालची हुन्थ्यो भने पैसा, पद र पावरका आकर्षक अवसर उनका सामु थिए । तर उसले किन निष्ठाको भोक खपेर मृत्यु र बेइमानीसँग लडिरहेछ । बस् यति बुझौं ! कथं गोविन्द यतिबेला मृत्युको प्यारो भए भने त्यसको भागिदार आफू पनि बन्छौं भन्ने नभुलौं । तसर्थ बोलौं ! मृत्यु अनिवार्य शर्त हो तर कसैको लागि पनि प्रिय छैन र हुँदैन पनि ।
अन्ततः सम्माननीय प्रधानमन्त्रीज्यू, मृत्यु त एकदिन सबैको हुन्छ तर पलपल मृत्युले ढोका ढक्ढकाउनुको महसुस कि तपाई गर्नसक्नुहुन्छ कि डा. गोविन्द केसीले । पानी र खानाको जीवनमा के महत्व छ कि मिर्गौला रोगी भएकोले तपाईं बुझ्नुहुन्छ कि १९ पटक भोक र प्यास सहेर अनसन बसी पटकपटक मृत्युको मुखबाट बचेका डा. केसी बुझ्छन् । दुवै देशका लागि गर्दै हुनुहुन्छ । फरक यत्ति छ तपाईंसँग सबथोक छ डा. केसीसँग निष्ठाबाहेक केही छैन । तपाईं जसलाई झुक्नु ठानिरहनुभएको छ त्यो तपाईंकै जित हुनेछ । डा. केसीले जित्नु भनेको तपाई हार्नु कहाँ हो र ? यो जित सारा गरिब नेपालीको हुनेछ र त्यसको श्रेय डा. केसीलाई भन्दा तपाईंलाई बढी जानेछ ।