सुनसरीमा तीन वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।
सुनसरी हरिपुर बस्ने धिरेन यादवको ३ बर्षीय छोरा सतिश कुमार यादवको पानीमा डुबेर मृत्यु भएको हो ।
आइतबार अपरान्ह ५ बजे आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा खेलिरहेको अवस्थामा अचानक लडेर पानीमा डुब्दा बालक सतिश वेहोस भएका थिए ।
वेहोस भएका उनलाइ तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नाबालकको निधन भएपछि परिवार र आफन्तहरु शोकमा छन् ।