साताको दोस्रो दिन आज (सोमबार) सुनको मुल्यमा गिरावट आएको छ ।
हिजो आइतबारको तुलनामा सुनको मुल्य तोलामा ४ सय ले घटेको हो ।
आज नेपाली बजारमा छापावाल सुनको मुल्य ९४ हजार १ सय र तेजावी सुनको मुल्य ९३ हजार ६ सय मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मुल्य घट्दा चाँदीको मुल्य भने स्थिर रहेको छ । आज पनि चाँदीको मुल्य तोलाको ११ सय ८० मा कारोबार भएको छ आइतबार पनि चाँदी सोही मुल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।
सुनको मुल्य थपघट भैरहेतापनि बजारमा सुनको माग भने छैन । लामो समयको लकडाउनले गर्दा मानिसहरुको आर्थिक अवस्था कमजोर भएको र आम्दानीका सम्पूर्ण स्रोतहरु बन्द हुन पुगेका कारण सुन अहिले आवश्यकता भन्दा पनि बढी बिलासिताको बस्तु बनेको छ ।