नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसी सहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी र अर्का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १ सय ५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो। नेपाली कांग्रेसका नेता धनराज गुरुङ्गले भने सचिवालयद्वारा गरिएको पीसीआर परिक्षणमा आफू सहभागी नहुने बताएका थिए ।
स्वाब संकलन सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने गरिएको थिएन। सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले स्वाब संकलन गरिएको थिएन ।
अर्जुन नरसिंह केसी गगन थापाका ससुरा हुन् । गगन थापाले केसीको छोरी डा अञ्जनासँग विवाह गरेका हुन् ।
शनिबारै प्रधानमन्त्रि निवास वालुवाटारमा प्रधानमन्त्रीका तीन सल्लाहकार एक स्वकिय सचिव र अन्य ६७ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।