दक्षिण भारतीय फिल्ममा बलिउडको जस्तै कैयौं स्टारको लिंकअप र ब्रेकअपको समाचार बाहिर आइरहेका हुन्छन् । यो रिपोर्टमा दक्षिण भारतीय फिल्मका यस्ता २० कलाकार जोडीको चर्चा गरिनेछ, जसको अफेयरले दक्षिण भारतीय फिल्ममा हंगामा मच्चिएको थियो ।
यो सूचीमा प्रभाष र अनुष्का सेठ्ठीदेखि लिएर नयनतारा र प्रभुदेवासम्म छन् । ‘बाहुबली’ स्टार अनुष्का सेठ्ठी र प्रभाषका बीच लिंकअपको खबर लामो समयदेखि आइरहेको छ ।
यो खबरले त्यो बेला सत्यता पायो, जुन समयमा फिल्म ‘बाहुबली’को प्रमोसनमा उनीहरुको जबरदस्त बण्डिङ भयो । तर यो जोडीले अहिलेसम्म आफूहरु प्रेममा रहेको कुरा बोल्न सकेका छैनन् ।
अभिनेत्री अनुष्काको नाम प्रभाषसँग मात्र होइन, टलीउड सुपरस्टार नागार्जुनसँग पनि जोडिएको छ । तर अचम्मको कुरा के छ भने अनुष्काको नाम नागार्जुनसँग मात्र जोडिएन, उनीसँगै उनको छोरा नागा चैतन्यसँग पनि जोडियो । यो खबरले नागार्जुन निकै रिसाएका थिए ।
अभिनेता नागार्जुन र तब्बुको अफेयरको किस्सा विगतमा खुबै चल्यो । उनीहरुको अफेयर करिब १० वर्षसम्म चलेको थियो । तर उनीहरुले कहिल्यै पनि अफेयरको कुरालाई स्वीकारेनन् । एक समय नागार्जुनकी पत्नी आमलाले तब्बुलाई घरमा बोलाएर अभिनेत्री जया बच्चनको शैलीमा अफवाहलाई बिराम लगाउने प्रयास गरेकी थिइन् ।
दक्षिण भारतीय फिल्मकी लेडी सुपरस्टार नयनताराको कुनै समयमा कोरियोग्राफर तथा निर्देशक प्रभुदेवाका साथ अफेयर थियो । उनीहरुको विवाह हुने तयारीमा थियो । तर प्रभुदेवाको पहिलो श्रीमति लताले उनीहरुको सम्बन्धमा अवरोध गर्दै नयनताराको विरुद्ध भडास पोखिन् । उनका विरुद्धमा लताले महिला संगठनलाई मात्र गुहार मागिनन्, नयनताराको पुत्ला नै जलाईन् । यो घटनापछि प्रभुदेवाले उल्टै लतासँग सम्बन्धविच्छेद गरे ।
दक्षिण भारतीय स्टार राणा दग्गुबाती र तृषा कृष्णननको अफेयरले दक्षिण भारतीय फिल्ममा ठूलो चर्चा पायो । तर यो जोडीले जहिल्यै यो खबरको खण्डन गरिरहे । तर कफी विद करणमा करण जोहरसँग राणाले तृषासँग आफू छोटो समयको सम्बन्धमा रहेको बताएका थिए । यो कुरा बताएको केही समयावधिमै उनीहरुको सम्बन्ध टुटेको थियो ।
दक्षिण भारतीय स्टार तमन्ना भाटियाको नाम कैयौं स्टारसँग जोडिएको छ । तर उनी तमिल स्टार कार्थीसँग डेट गरिरहेकी छन् भन्ने फिल्म वृत्तमा चर्चा थियो । उनले कार्थीसँगको अफेयरको हल्ला गलत भएको भन्दै आफू जोसँग प्रेममा रहे पनि खुलेर बताउने घोषणा गरेकी थिइन् ।
रजनीकान्तका ज्वाईं धनुष अभिनेत्री श्रूति हसनसँग सम्बन्धमा रहेको हल्ला त्यो बेला बाहिर आयो, जुन समयमा यी दुई कलाकार एकसाथ फिल्ममा देखिन लागेका थिए । त्यो फिल्मलाई रजनीकान्तकी छोरी र धनुषकी श्रीमति ऐश्वर्याले निर्माण गरिरहेकी थिइन् । धनुष र श्रुतिको सम्बन्धको हल्लाले ऐश्वर्या र धनुषको सम्बन्ध झन्डै झन्डै बिग्रन लागेको थियो । तर दुवैले यो हल्ला मात्र भएको बताएपछि धनुष र ऐश्वर्याको सम्बन्धले निरन्तरता पायो ।
नागार्जुनका छोरा नागा चैतन्यका साथ विवाह गर्नु अघि समान्था अक्किनेनीको नाम ‘रंग देश बसन्ती’ फेम अभिनेता सिद्धार्थसँग जोडिएको थियो । उनीहरु एकअर्काको प्रेममा लिप्त भएका थिए । उनीहरु लिभ इन रिलेसनसिपमा पनि थिए । तर यो सम्बन्ध लामो समय टिक्न सकेन ।
अभिनेता राम चरणको फिल्म ‘चिरुथा’बाट डेब्यू गरेकी अभिनेत्री नेहा शर्माको नाम चिरञ्जीवीका छोरासँग जोडिएको थियो । यो फिल्मको सुटिङका समयमा उनीहरु नजिकिएका थिए । उनीहरुले विवाहसम्म गर्ने तयारी भएको थियो । तर नेहाले बलिउडको यात्रा गरेपछि राम चरणले आफ्नो दीर्घकालिन प्रेमिका उपासनासँग घरबार बसाए ।