कोरोना भाइरस संक्रमणको संख्यामा विश्वकै दोस्रो स्थानमा रहेको भारतमा कोरोनाबाट झण्डै १ लाखको ज्यान गइसकेको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार शुक्रबार बिहानसम्म भारतमा कोरोना भाइरस संक्रमणबाट ९९ हजार ८ सय ४ जनाको निधन भैसकेको छ ।
कोरोना संक्रमितको संख्या ६३ लाख ९१ हजार ९ सय ६० पुग्दा ५३ लाख ४८ हजार ६ सय ५३ जनाले यो रोगलाई जितेर घर फर्किसकेका छन् । अहिले ९ लाख ४३ हजार ५ सय ३ जना सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । \
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाख ६५ हजार ५ सय नाघ्दा १० लाख २७ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
कोरोना भाइरस संक्रमण भएका २ करोड ५६ लाख ५३ हजार ८ सय भन्दा बढी निको भएर घर फर्किसकेका छन् ।
अहिले सक्रिय संक्रमितको संख्या ७७ लाख ८४ हजार ७ सय २६ पुगेको छ जसमध्ये ६६ हजार ७८ जनाको अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।