नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरस (कोभिड१९) संक्रमण भएको छ ।
योसँगै क्यानका अन्य सबै सदस्यहरु होम क्वारेन्टाइनमा रहेको छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा रहेको क्यानले जानकारी दिएको छ । अध्यक्ष र सचिवमा कोरोना पोजेटिभ देखिएको क्यानले विहिबार औपचारिक रुपमा पुष्टि गरेको छ । यी दुबै जना गत असोज ६ मा चितवनमा बोर्ड बैठक सम्पन्न गरेर काठमाडौं फर्किएका थिए ।
President of the Cricket Association of Nepal (CAN) Chatur Bahadur Chand, and the General Secretary Ashok Nath Pyakuryal have been tested #Covid19 ‘positive’. Their health condition is normal right now and we urge all those who came in their direct contact to stay in quarantine.
— CAN (@CricketNep) October 1, 2020
काठमाडौंमा उनको स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । अन्य सदस्यहरुहरु पनि होम क्वारेन्टाइनमा रहेका छन् । कोषाअध्यक्ष रोशनकुमार सिंह सहित केहि सदस्यको भने नेगेटिभ आएको पाइएको छ । केहिको रिपोर्ट आउन बाँकी रहेको क्यान स्रोतले जानकारी दिएको छ ।
चितवनमा अघिल्लो हप्तान बसेको बोर्ड बैठकले राष्ट्रिय १८ खेलाडी र १९ महिला खेलाडीलाई वर्गीकरण र सम्झौतामा राख्ने निर्णय गरेको थियो । उक्त बोर्ड बैठकमा राष्ट्रिय पुरुष टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र जगत टमटा पनि सहभागि भएका थिए ।
खेलाडी सम्झौता र वर्गीकरणको निर्णयको चौतर्फी आलोचना भएपछि खेलाडी वर्गीकरण निर्धारण समितिलाई क्यानले राष्ट्रिय महिला र पुरुष खेलाडीका कप्तान, उपकप्तान र प्रशिक्षकको सुझाव सहित पुन वर्गीकरण आगमी बोर्ड बैठकमा प्रस्तुत भनेको छ ।