नेपालमा २०७६ साल चैत ११ गतेदेखि देशव्यापी लकडाउन सुरु भयो उक्त लकडाउन असार १० गतेदेखि अन्त्य भएतापनि केही स्थानीय तहले पनि निषेधाज्ञा जारी राखेका छन् ।
सरकारले भाद्र १ देखि लामो दुरीका सवारी साधनहरु पनि संचालनमा ल्याइसकेको छ । लकडाउनको अवधिमा नेपालमा धेरै दुर्घटनाहरु भएका छन् ।
महानगरिक ट्राफिक प्रहरी महाशाखाका अनुसार २०७६ चैत महिनामा ४ सय ३८ दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ त्यस्तै बैशाखमा २ सय १ दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् ।
यो संख्या बढ्दो क्रममा रहेको छ । जेठमा २ सय ३६ दुर्घटनामा १३ जनाको ज्यान गएको छ भने असारमा ५ सय ७७ दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
साउन महिनामा ७ सय १५ दुर्घटना भए जसमा १० जनाले ज्यान गुमाए भने भाद्रमा दुर्घटनाको संख्या अलिक कम देखिन्छ उक्त महिनामा ३ सय ३८ दुर्घटनामा ५ जनाको निधन भएको छ ।
दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक प्रहरीले बेला बेलामा सचेतनाका कार्यक्रमहरु गर्दै आइरहेको छ ।