परीक्षा सकिसकेपछि विद्यार्थीहरू मात्र एउटा कुराको लागि पर्खिरहेका हुन्छन्, त्यो हो परीक्षाको परिणाम । हो, यो त्यस्तो चीज हो जसले धेरै व्यक्तिहरुको जीवन परिवर्तन गर्दछ । यससँग विद्यार्थीहरूका केही न केही आशाहरू जोडिएका हुन्छन् । सबैले आफ्ना-आफ्ना सपनाहरु बुनेका हुन्छन् । कसैको सपना उच्च शिक्षाको लागि बिदेश तिर जाने छ भने कसैको डाक्टर र इन्जिनियर बन्ने सपना हुन्छ । तर वास्तविक जीवनमा के हुन्छ? यो लेखमा पढ्नुहोस् :-
सपना देख्नु राम्रो कुरा हो त्यसैले त संसारमा नयाँ- नयाँ आविष्कारहरू हुन्छन् । तर यदि सपनाहरु नै टुक्रिन्छन् भने के ? जब यो थाहा होस कि समयका ईंटाबाट बनाइएको सपनाहरुको भवन नै ढल्योल ? यस्तो समयमा आफैलाई ह्यान्डल गर्न गाह्रो हुन्छ ।
नतिजा आइसकेपछि केही विद्यार्थीहरूसँग पनि यस्तै हुन्छ । जब उनीहरूलाई थाहा हुन्छ कि परीक्षाको परिणाम उनीहरूले चाहेको जस्तो आएन, तब तिनीहरू निराश हुन्छन् । कोही डिप्रेसनमा जान्छन् त कोही तनावबाट ग्रसित हुन्छन् । जब उनीहरू यी सबैलाई सामना गर्न असमर्थ हुन्छन्, तब तिनीहरू त्यस्तो तरिका अपनाउँछन् जसले उनीहरूको आफ्नो समस्याहरू त समाप्त गर्दछ तर परिवारको समस्याहरूलाइ बढाई दिन्छ ।
२२ अगस्त २०१९ का दिन “The Kathmandu Post” मा प्रकाशित समाचार अनुसार हरेक वर्ष ५,००० भन्दा बढ़ी नेपालीहरूले आत्मह’त्या गर्छन् । त्यो समाचारको शीर्षक नै छ “आत्मह’त्या नेपालमा ठूलो समस्या हो तर धेरैले मानसिक स्वास्थ्यको बारेमा कुरा गरिरहेका छैनन्”
विश्व स्वास्थ्य संगठनको सन् २०१५को एक रिपोर्ट अनुसार नेपालमा एक बर्षमा ६ हजार ८ सय ४० जनाले आत्मह’त्या गरे जसमध्ये १५ देखि ४९वर्ष बीचका व्यक्तिहरुको संख्या बढी छ र यसमा महिलाहरू बढी छन् । आत्मह’त्या गर्नेहरूमा ८०% ती हुन् जसले उच्च शिक्षा हासिल गरेका छन् । यी तथ्या्कहरूले देखाउँछ कि हाम्रो शिक्षित पीढी मानसिक रूपमा कति कमजोर छ ।
१५ अगस्त २०१९ का दिन अनलाइन पत्रिका “My Republica” मा प्रकाशित समाचार अनुसार सन् २०१२ मा “सेन्टर फर मेडिकल हेल्थ एण्ड काउन्सिलिंग-नेपाल” (सीएमसी-नेपाल) द्वारा गरिएको अध्ययन अनुसार नेपाल आत्मह’त्या दरमा विश्वव्यापी ७औं स्थानमा रहेको छ – प्रत्येक वर्ष करिब ७,००० मानिसहरूले आत्मह’त्या गर्छन् । सीएमसी-नेपालको अध्ययन अनुसार आत्मह’त्या गर्नेमध्ये ५० प्रतिशतभन्दा बढी संख्या उनीहरूको रहेको छ जसको उमेर १५ वर्ष देखि ४० वर्षको बीचमा छ । अनुसन्धानले देखाउँछ कि नेपाल लगायत एशियाका धेरैजसो देशहरूमा सामाजिक, आर्थिक, परम्परागत र सांस्कृतिक मुद्दाहरूसँग सम्बन्धित गम्भीर जीवन तनावले किशोर-किशोरीहरूमाझ बढेको आत्महत्यामा ठूलो भूमिका खेल्छ ।
केही विद्यार्थीहरू परीक्षामा असफल भएर आत्मह’त्या गर्छन् भने केही यस्ता पनि विद्यार्थीहरू छन् जो मात्र नम्बरहरु कम भएकोले आफ्नो जीवन नै सखाब पारी दिन्छन् । जीवनको एक विन्दुमा असफल हूँदा बित्तिकै के हामीले हरेस खाई हाल्नु पर्छ र ? के हामी यति कमजोर भई सक्यौं कि हामी आफ्नो जीवनलाई नियंत्रणमा राख्न सक्दैनौं ? आखिर, किन हुन्छ यस्तो कि भविष्यलाई उज्यालो पार्ने दियो समय भन्दा पहिले नै बुझिन्छ ?
हाम्रो समाजमा, एउटा कुरा सामान्यतया देख्न सकिन्छ जहाँ आमाबाबुले छोरा-छोरीहरुलाई भनी रहेका हुन्छन्: – “हेर, फलानाको छोराले यति नम्बर ल्यायो, यो ग्रेड ल्यायो, तैंले उ भन्दा बढ़ी ल्याऊनै पर्छ । होइन भने कसरी ठूलो मान्छे बन्छस् । बस, दिनभरि मात्र खेलिरहेको छ । यस पटक फेल भईस् भने मैले जान्या छू….आदि आदि ।”
यस तरिकाले, बच्चाहरुको दिमागमा यो कुरा बसी हाल्छ कि यदि उत्तीर्ण भएन भने उसलाई के पो गर्ने हुन ! घरमा के भनूंला ? त्यसका साथिहरु र आफन्तहरुले के सोच्लान ?
बस, यिनै प्रश्नहरूको बीचमा उ यसरी अडिन्छ कि जीवनको सुन्दर किनारहरू देख्न सक्दैन । यदि केहि देखिन्छ भने, आमाबुवाको गाली, साथीहरूको मजाक र आफन्तहरुका प्रश्नहरू । यसैबीच उसले यस्तो केही निर्णय लिई हाल्छ कि समाजको आवाज शोकमा परिणत हुन जान्छ ।
केही अभिभावकहरू आजकल आफ्ना बच्चाहरूलाई ध्यान दिँदैनन् । यसको कारण आजको जीवनको व्यस्तता हो । जसको कारणले दुई पुस्तामा भिन्नता रहेको छ । यस्तो अवस्थामा जब बच्चालाई पूरा ध्यान दिइएन, तब ऊ पढाइमा पछाडि हुँदै जान्छ । परीक्षाको परिणामको दिनमा अब ऊ डराउँछ कि उसले आफ्ना बाबुआमालाई कसरी सामना गर्ने ? यस्तो समयमा, उनले आत्महत्या गर्न रोज्दछन् ।
अब, यहाँ विचार गर्नु पर्ने कुरा हो ही कि यो समस्याको समाधान कसरी गर्ने ? कसरी यो अनमोल जीवनको महत्त्वलाई चिनेर यसलाई एउटा सानो कारणका लागि नगुमाउने । यो लेख विद्यार्थी र अभिभावकहरु दुबैको लागि हो । विद्यार्थीहरूले आफ्नो सामर्थ्यलाई र आमाबुवाहरुले आफ्नो जिम्मेवारीलाई बुझ्नु पर्छ ।
आउनुहोस्, बुझ्ने प्रयास गरौं कि हामी कसरी यी आत्महत्याहरुलाई रोक्न सफल हुन सक्छौं: –
असफलताको लागि सँधै तयार रहनुहोस्
असफलता जीवनको एक हिस्सा हो, ठीक त्यसरी नै जसरी सफलता जीवनको एक हिस्सा हो । तपाईंले आज सम्म कुनै त्यस्तो व्यक्ति देख्नु भएको छैन होला जसले जीवनमा सफल भई सके पछि काम गर्न छाड्छ वा आफ्नो जीवन समाप्त गर्दछ । त्यस्तै गरी, असफल भए पछि पनि मानिसहरुले संघर्ष गर्नुपर्छ । असफल भएपछि जीवनको अन्त गर्नु बेस हुन्थ्यो भने त हामीले कहिले बल्ब पाउँदैनौं थियो होला, यदि थोमस अल्वा एडिसनले केही प्रयास गरेर आत्महत्या गरेको भए ।
जीवन अगाडि बढ्दै जान्छ र विगतको समय कहिल्यै फिर्ता आउँदैन । तर राम्रो कुरा के हो भने जीवनले कसैलाई पछाडि छोड्दैन, सबैलाई साथमा लैजान्छ । रह्यो कुरा समयको … विगतको समय त फिर्ता आउँन सक्दैन, तर हामीसँग आउने समयलाई विगतको समय भन्दा कैयौं गुना सुन्दर बनाउने अवसर अवश्य हुन्छ ।
असफलता जति चोटी भेटियोस् त्यति चोटी त्यसलाई भन्नुहोस, “म अंझैं बाँचेकै छु र बाँचुन्जेल लड़ी रहने छु ।”
अभिभावकहरुले बच्चाहरूलाई समय दिनु पर्छ
भनिन्छ कि परमेश्वर सबै ठाउँमा पुग्न सक्नुहुन्न, त्यसैले उसले आमा बुबालाई सबैको हेरचाह गर्न बनायो । तर यदि आजको समयमा हेर्ने हो भने, भगवान त एक पटक भेट्न सक्नुहुन्छ, तर बच्चाहरुले आमाबुबाको समय पाउन लगभग असम्भव छ । त्यसैले बच्चाहरू र अभिभावकहरु बीचको दूरी बढ्दै छ । जसका कारण बच्चाहरूले संस्कार, नैतिकता, जीवन मूल्य र सकारात्मकता प्राप्त गर्दैनन् । त्यसैले, बच्चाले गलत मार्ग अपनाउन थाल्छ ।
यस्तो अवस्थाबाट बच्न, आमाबाबुले आफ्ना बच्चाहरूसँग दिनको केही समय खर्च गर्नुपर्दछ ताकि बच्चाहरूले उनीहरूसँग आफ्नो मनको कुरा गर्न सकुन् । यो गरेर, बच्चाहरूलाई पनि प्रोत्साहित गरिन्छ र हामी उनीहरूको बारेमा जानकारी पनि पाउँछौं । उनका भावनाहरूको बारेमा पनि थाहा भइरहन्छ ।
सकारात्मकता तिर जाऊँ
मैले धेरै वर्ष अघि कतै बच्चाहरुको हेरचाह कसरी गर्ने भनेर एउटा रमाइलो लेख पढेको थिएँ, आज त्यसका केही बूँदाहरु यहाँ राख्न जरुरी छ : –
१) पहिलो पाँच बर्ष, बच्चालाई जति सक्दो माया गर्नुहोस् । यस उमेरमा, उनीहरू अरू केहि चाहँदैनन् केवल र केवल तपाईंको प्रेम भए पुग्छ ।
२) ६ देखि १० वर्षको उमेरसम्म, बच्चाहरू थोरै समझदार हुन थाल्छन्, तिनीहरूले गल्तीहरू पनि गर्न थाल्छन् । उनीहरूलाई उनको गल्ती महसुस गराउनुहोस् र उनीहरूलाई मात्र आँखा देखाउँदै डराउनुहोस् । अविभावकहरूको विशेष डर यो उमेरमा बच्चाहरूमा हुनुपर्दछ ।
३) ११ बर्ष देखि १५ वर्ष उमेर सम्म, बच्चाहरूले गरेका असल कामका लागि उनीहरूको प्रशंसा हुनुपर्छ र उनीहरूले गरेको गल्तीको लागि तिनीहरूको आलोचना पनि गरिनु पर्दछ । यसको मतलब तपाईंको डर अझ बढ्नु पर्छ । आवश्यक छ भने पिटाई पनि गर्नु पर्छ ।
४)१६ बर्ष भन्दा माथिका बच्चाहरूलाई पिटाइ गर्नु हुँदैन, तर उनीहरूलाई आफ्नो साथी बनाउनुपर्दछ ताकि उनीहरू तपाईहरुसँग आफ्ना समस्याहरू साझेदारी गर्न सकुन् । यदि तिनीहरूले तपाईंसँग उनीहरूको समस्याहरूको बारेमा कुरा गर्न सिके छन् भने उनीहरू आफैले जीवनमा आत्मह’त्या गर्ने जस्तो निर्णय कहिले लिन सक्दैनन्।
बच्चाहरूलाई जानकारीमूलक कुरा बताउनुहोस् । तिनीहरूलाई सबै परिस्थितिमा धैर्य राख्ने बानी बनाउनुहोस् । उनीहरूको समस्याहरूको बारेमा उनीहरूसँग कुरा गर्नुहोस् र सँधै सकारात्मक समाधान फेला पार्नुहोस् । तिनीहरूलाई सक्षम बनाउनुहोस् ताकि तिनीहरूले कुनै पनि सत्यको सामना गर्न सकुन् । यदि जीवनले दोस्रो मौका प्रदान गर्दैन भने, यो आफ्नै बनाउनु पर्छ । जिद्दी गर्नुहोस् तर अगाडि बढ्नको लागि, कसैलाई पछाडि छोड्नको लागि होइन ।
हार्नु भयो भने बदला लिनुहोस्, तर आफैलाई अझ कुशल बनाएर । संसारमा कुनै पनि कुरा असम्भव छैन । लगातार बगी रहेको नदीलाई जब बाँध वा पहाडले रोक्न थाल्छ, केही समयको लागि नदी बग्न बन्द हुन्छ, तर त्यस समयमा यसले आफ्नो शक्ति बढाउँछ । जब उसको शक्ति बृद्धि हुन्छ, उसले या त पहाडलाई आफ्नो बाटोबाट हटाउँछ वा उसको माथिबाट बग्न थाल्छ ।
त्यस्तै गरी, यदि तपाईंको मार्ग मा कुनै अवरोध छ भने आफ्नो शक्ति वृद्धि गर्नुहोस । हरेस नखानुहोस् । जीवनमा केहि पनि स्थायी हुँदैन, त्यसोभए समस्याहरू कसरी स्थायी हुन सक्छन्? सँधै सकारात्मक सोच राख्नुहोस् । आफैलाई उत्प्रेरणा दिनुहोस् । एउटा चीज सधैं याद राख्नुहोस् कि तपाईंलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण व्यक्ति तपाईं आफै हुनुहुन्छ । त्यसैले आफुलाई र आफ्नो शक्तिलाई चिन्नुहोस् ।